काठमाडौं। करिब एक महिनाअघि स्वयम्भूबाट दुई केजी यार्सागुम्बा लुटिएको घटनामा पनि प्रहरी गिरोहकै मिलोमतो रहेको रहश्य खुलेको छ। यार्सागुम्बा लुटपाटमा हनुमानढोकास्थित महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत महिला प्रहरी हवलदार तारा रानाभाट (चौधरी), प्रहरी जवान महेश माझीलगायत प्रहरीकै संलग्नता रहेको बताइएको छ। पीडितकै पहलमा हनुमानढोका पछाडि यट्खास्थित कन्या मा.वि.
नजिकैबाट पक्राउ परेकी रानाभाटको वयानका आधारमा लुटपाटमा संलग्न अर्का प्रहरी जवान माझी पनि पक्राउ परेका हुन् भने सोही घटनामा संलग्न अर्का प्रहरीको खोजी भइरहेको बताइएको छ। लुटिएको यार्सागुम्बाबारे प्रहरीले अहिलेसम्म मुख खोलेको छैन।
यार्सागुम्बा लुट्न आफूहरुलाई व्यापारीको परिचय दिएर रानाभाटलगायतको प्रहरी समूह यार्सागुम्बा धनी मनाङको नार गाविस घर भएका फून्जो पासाङ लामालाई भेट्न उनी बसेको राजधानीस्थित स्वयम्भू (इचंगु–४) पुगेर मोलमोलाई गरेका थिए। उक्त यार्सागुम्बा खरिदविक्रीको मोलमोलाइ हँुदै गर्दा गत साउन १२ गते आफूहरु हनुमानढोकाबाट खटिएको प्रहरी भन्दै यार्सागुम्बा धनी लामालाई नियन्त्रणमा लिएर केही बेर गाडीमा चढाएर बालाजु नजिकै चमतीखोला छेउमा पुगेपछि ‘ल अब तुरुन्तै गाउँ जा’ भन्दै गाडीबाट झारेर लुटपाटमा संलग्न उनीहरु भागेका थिए। पीडित लामाका अनुसार लगातार दुई दिनसम्म मोलमोलाई गरेका उनीहरुले तेस्रो दिन (साउन १२) मा दिनदहाडै यार्सागुम्बा लुटेर फरार भएका थिए। आफूले केजीको २८/३० लाख भन्ने उनीहरुले २०/२२ को कुरा गरिरहेका थिए भन्दै लामाले उनीहरुलाई व्यापारी नै होलान् भन्ने ठानेका थिए। मनाङबाट राजस्व तिरेर विक्रीका लागि राजधानी ल्याएको यार्सागुम्बा लुटिएपछि पीडित फुन्जो पासाङ लामा चिन्ताले सुकिसकेका छन्। अनुसन्धानमा केही प्रगती भयो कि भन्दै उजुरी गरेपछि दिन विराएर हनुमानढोका धाइरहेका पिडीत लामाले ती महिलाको पिछा गर्दै प्रहरी गुहारेर पक्राएका थिए। यार्सागुम्बा लुट्ने महिला भेटिएको खबर प्रहरीलाई गराइएपछि उसलाई पक्राउ गर्न पुगेको प्रसनि पुरुषोत्तम आचार्यको टोलीले पीडित लामालाई ‘कार्यालय जाउँ’ भन्दै अपराध महाशाखा पुर्याुएको थियो भने पछिपछि लगिएकी हवल्दार तारालाई सैनिक व्यारेक नजिकैको पसलमा रहेको ल्याण्ड लाइन फोनबाट कतै–कतै सम्पर्क गर्न दिइएको थियो। अभियुक्तको आशंकामा पक्राउ गर्न पुगेको प्रहरी टोलीले त्यसरी फोन सम्पर्क गर्न दिइनुलाई प्रमाण लुकाउन या लुटपाटमा संलग्नलाई भगाउन खोजिएको आशंका गरिएको छ। लुटपाट गर्ने गिरोहलाई आफूसँग सम्पर्क गराउने पहिलो माध्यम बनेका स्वयम्भू सानोभर्याफङका मधु महर्जनसँग सम्पर्क गर्न पुगेका लामालाई उसले पनि आफूलाई चिनाउने अर्काे व्यक्तिलाई फोन सम्पर्क गरी उसैको घरमा पुगेका बेला प्रहरी वृत, बालाजुको प्रहरी टोलीले उल्टै पीडित लामालाई पक्राउ गरी हिरासतमा राखेको थियो। लुटिएका लामा उल्टो आफँै थुनिनु परेको रहश्यको छ। हनुमानढोकास्थित अपराध महाशाखामा कार्यरत तारा रानाभाट (चौधरी) विवादास्पद मानिन्छिन्। उनी यसअघि काठमाडौं प्रहरी परिसरबाट अपराध महाशाखा, महानगरीय आयुक्तको कार्यालय हुँदै पुनः अपराध महाशाखामा पुगेको बताइन्छ। ताराका लोग्ने पनि नेपाल प्रहरीमै कार्यरत छन्। पक्राउ परेका दुबै हनुमानढोकास्थित प्रहरी हिरासतमा छन् भने पीडित लामालाई विभिन्न नम्बरबाट वयान फेर्न दबाब आइरहेको बताइएको छ।
साभार : नया विमर्श
http://nayabimarsha.weeklynepal.com/2013/09/06/article-item91378451224/

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !