CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » मलाई सधैं एउटी युवतीसँग मात्र यौन सम्पर्क राख्नुपर्ने कुरा वाहियात लाग्छ।

मलाई सधैं एउटी युवतीसँग मात्र यौन सम्पर्क राख्नुपर्ने कुरा वाहियात लाग्छ।


मलाई सधैं एउटी युवतीसँग मात्र यौन सम्पर्क राख्नुपर्ने कुरा वाहियात लाग्छ। एउटै केटीसँग यौन चाहना पनि हुँदैन। मेरी प्रेमीका भने एक जनासँग बाहेक अन्यसँग यौन
सम्पर्क राखेको मन पराउँदिनन्। म तिमीसँग मात्र बाँधिन चाहन्न भन्छु। मेरो यस्तो व्यवहारले उनलाई खिन्न पनि बनाउँछ जस्तो लाग्छ। त्यसैले
उनी मलाई केही न केही बहानामा नियन्त्रण गर्न खोज्छिन्। कतिपय बेला उनले मेरो यो विचार, कारण आफन्तबाट गाली पनि ख्वाएकी छिन्। मान्छेका रूपमा पाएको एउटा जीवन हो। त्यसमाथि पनि अहिलेको आधुनिक युगमा यस्ता कुराको पछि लाग्नु बेकार होइन ? तपाईंंको विचार के छ ?

सी.

करूणा कुँवर, मनोविद्

तपाईंले आफ्नो समस्या र सोच पनि खुलस्त रूपमा राख्नुभयो। तपाईंको यो जिज्ञासा पढ्दा मलाई झट्ट एक वैज्ञानिकले दिएको नाम 'कुलिज इफेक्ट' को सम्झना आयो। भाले प्रजातिमा देखिने यस्तो प्रभावका सम्बन्धमा अध्ययनहरू पनि भएका छन्। ती अध्ययनका केही कुरा यहाँ उल्लेख गर्नु उचित होला। कुलिज इफेक्ट भनेर इथोलोजिस्ट फ्रायङ्क ए विचले नाम दिएका हुन्, जुन पुरानो चुटकिलाबाट लिइएको थियो। विशेषगरी भाले प्रजातिमा देखिने कुलिज इफेक्ट पोथी प्रजातिमा भने धेरै कम पाइन्छ। कुलिज इफेक्टसम्बन्धी अध्ययनले देखाएअनुसार भाले प्रजातिलाई नयाँ विपरित लिङ्गीसँग परिचित हँुदा यौन उत्तेजना बढी हुन्छ। केलभिन कुलिज अमेरिकाका तीसांै राष्ट्रपति हुन। राष्ट्रपति भएका बखत कुलिज तथा उनकी श्रीमतीलाई सरकारी पशु फार्ममा बेग्लाबेग्लै भ्रमण गराइयो। श्रीमती कुलिज एउटा भाले कुखुराले धेरै पटक यौनसम्पर्क गरेको देखेर चकित भइन् र उनका साथमा भएको व्यक्तिसँग सोधिन्- यस्तो दिनमा कति पटकसम्म हुन्छ ? उनले जवाफ दिए- धेरै पटक। श्रीमती कुलिजले आग्रह गरिन्- यो कुरा राष्ट्रपतिलाई पनि सुनाइदिनु। जब राष्ट्रपतिले त्यो कुरा थाहा पाए र उनले सोधे, एउटा भालेले एउटै पोथीलाई नै धेरै पटक हो ? उनले जवाफ पाए, होइन एउटा भालेले फरक-फरक पोथीसँग फरक-समयमा। अध्ययन हुँदा यसलाई राष्ट्रपति कुलिजको नाममा कुलिज इफेक्ट नामकरण गरियो। अध्ययन गर्दै जाँदा यस्तो कुलिज इफेक्ट विभिन्न जनावरका प्रजातिहरूमा पनि पाइयो। यससम्बन्धी अध्ययन गर्न एउटा ठूलो बक्सामा एउटा भाले मुसालाई चार-पाँचवटा पोथी मुसासँग तापक्रम मिलाएर राखियो। भाले मुसाले पालैपालो हरेक पोथी मुसासँग नथाके सम्म यौनसम्पर्क गर्‍यो। थाकेको भालेलाई पोथी मुसाहरूले उत्तेजित गराउन माया गर्ने, चाट्ने आदि काम गरे तर उसले कुनै प्रतिक्रिया जनाएन। जब उसको वक्समा अर्को नयाँ पोथी मुसालाई पठाइयो, उसले तुरुन्तै यौनसम्बन्ध राख्यो। कुलिज इफेक्टका अनुसार मस्तिष्कमा भएको डोपामाइन हार्मोन बढ्दा यस्तो खालको असर देखिन्छ। यस्तै प्रकारको अनुसन्धान पुरुषमा विलसनले १९८१ मा गरे। पुरुषमा पनि नयाँ पार्टनरसँग यौनसम्पर्क गर्दा जति उत्तेजना आउँछ त्यति उत्तेजना एउटै पार्टरसँग नआएको पाइयो। यस्तै अनुसन्धान महिलामा पनि गरियो तर महिलामा त्यस्तो कुलिज इफेक्ट निकै कम पाइयो।

विभिन्न अनुसन्धान भए पनि तपाईंले उल्लेख गर्नुभएको जस्तो समस्या बेला-बेलामा सुनिँदै आएको हो। यस्तो खालको समस्या सबै पुरुषमा हुँदैन। कोही व्यक्तिले एउटै पार्टनरसँग वर्षौ ंवर्षसम्म उत्तिकै र उस्तै खालको यौन चाहना भएको बताएका छन् र उनीहरूलाई एउटै पार्टनरसँग यौनसम्पर्क गर्दा मात्र पर्याप्त आनन्द आउँछ। मानव यौनिकतामा विविधता छन् र कुनै एउटा उदाहरणलाई शतप्रतिशत  सही हो भनेर भन्न सकिदैन।

अब तपाईंको जिज्ञासातर्फ लागौं। यदि तपाईंहरूले एक अर्कासँग मात्र यौनसम्बन्ध कायम गर्ने हो भने विभिन्न नयाँ विधि एवं आसनहरूका सम्बन्धमा छलफल गर्न सक्नुहुन्छ। वास्तवमा धेेरै जोडी जो एक-अर्कासँग लामो समयसम्मको यौनसम्पर्कमा सन्तुष्ट भएको बताउँछन्, उनीहरूमा नयाँ र उत्साह यौन क्रियाकलापहरू भैरहने अनुन्धानहरूले देखाएका छन्। तपाईंहरूको जीवनमा उत्साहित र उत्तेजना महसुस गर्न यौन विविधता र नयाँपनको आवश्यकता हुनसक्छ। नयाँ अनुभवको साटासाटले नयाँ अनुभव गराउँछ। अर्कातिर धेरै महिलासँगको सम्पर्कले तपाईंको शारीरिक एवं सामाजिक जीवनमा असर पार्न सक्छ। त्यसमा यौन रोगहरूको संक्रमण हुने खतरा हुन्छ। यसले गर्दा तपाईंमा पछि पश्चातापको भावना विकसित हुन सक्छ। बाहिरबाट अरु व्यक्तिले तपाईंको मानसिकता बुझ्न नसक्दा आक्षेपको सामना गर्नुपर्ने हुन्छ। त्यतिमात्र होइन, कानुनी झन्झटमा परिने खतरा पनि हुन्छ। 

तपाईं कुलिज इफेक्टअन्तर्गत पर्नुभएको हुन पनि सक्छ, नहुन पनि सक्छ। तपाईंंमा यौन चाहना बारम्बार आउने भएको पनि हुन सक्छ। जुन व्यवहार असामान्यचाहिँ होइन। बारम्बार यौन चाहना आउनासाथ कुलिज इफेक्ट नै हो भन्ने हुँदैन। सर्वप्रथम त तपाईं कुलिज इफेक्ट अन्तर्गत पर्नुहुन्छ कि पर्नुहुन्न भन्ने कुरा पत्ता लगाउन बिस्तृत छलफल गर्नुपर्ने हुन्छ। यस विषयमा थप कुरा बुझन मनोविद्सँग भेटेर छलफल गर्नु उपयुक्त होला।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis