CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नग्न भ्रमण, जनावरसँग यौनसम्पर्क,पार्टनरमाथि निगरानी , कुन महिनामा सबैभन्दा बढी सेक्स ?

नग्न भ्रमण, जनावरसँग यौनसम्पर्क,पार्टनरमाथि निगरानी , कुन महिनामा सबैभन्दा बढी सेक्स ?

कुनै पनि भ्रमणमा निस्कनुअघि हामी त्यहाँ अनुकूल हुने पहिरनको खोजीमा लाग्छौं। जाडो वा गर्मी कस्तो ठाउँ हो, पहिरनको जोहो त्यसैअनुरूप गरिन्छ। यद्यपि अब भ्रमणका निम्ति यस्तो गन्तव्य पनि फेला पार्न सकिन्छ, जहाँ पहिरनको महत्व एवं आवश्यकता हुँदैन। यो नग्न भ्रमण हो। यसमा सहभागी सबै निर्वस्त्र हुन्छन्। अमेरिकन एसोसिएसन फर न्यूड रिक्रिएसन जस्ता
संस्थाले यस्तो भ्रमणको अवसर जुराउने गरेका छन्। यसलाई एउटा प्याकेजकै रूपमा विकास गरिएको छ, जहाँ करिब ३ हजार यात्री सहभागी हुन सक्छन्। यो नग्न भ्रमण क्रुजमा गराइन्छ। उक्त क्रुजमा तीनवटा स्वीमिङ पुल, जगिङ ट्रेकका साथै डान्स क्लब पनि छ। अमेरिकामा नेन्सी टाइमेनले यो न्यूड टुरिज्म उद्योग सञ्चालन गरिरहेको छ।

जनावरसँग यौनसम्पर्क 

विश्वका धेरै देशमा जनावरसँग सहवास गर्नु अपराधको श्रेणीमा पर्छ, तर विश्वका केही यस्ता देश छन्, जहाँ जनावरसँग यौनसम्पर्क गर्ने परम्परा छ। उत्तरी कोलम्बियामा गधासँग यौनसम्पर्क गर्ने अनौठो रीति छ। त्यहाँका पुरुषहरू गधासँग यौनसम्पर्क गर्छन्। त्यहाँ यसलाई सामान्य मानिन्छ। त्यहाँका मानिसहरू यसलाई आपmनो रीतिरिवाज मान्छन्। त्यस्तै लेबनानको एक परम्पराअनुसार पुरुषहरूलाई पोथी जनावरका साथ यौनसम्पर्क गर्ने छुट छ। त्यहाँ पोथी जनावरसँग यौनसम्पर्क गर्नुलाई पुरुषत्वसँग जोडिन्छ। त्यहाँ पोथी जनावरसँग यौनसम्पर्क गर्ने पुरुषलाई ताकतवर मानिन्छ तर, त्यहाँ कसैले भाले जनावरसँग यौनसम्पर्क गरेको देखियो भने उसलाई सोझै मृत्युदण्डको सजाय सुनाइन्छ। 

पार्टनरमाथि निगरानी 

प्रेम तथा दाम्पत्य सम्बन्धमा विश्वासको कुरा गर्ने हो भने अमेरिकीहरू समग्रमा निकै शंकालु छन्। औसतमा सयमा ५५ जना अमेरिकीले आपmना प्रेमी-प्रेमिका वा लोग्ने-स्वास्नीको चियोचर्चो गर्छन्। सर्वेक्षणअनुसार न्युयोर्कवासीहरू भने केही विश्वासिला छन्। ५१ प्रतिशत न्युयोर्कवासीले आफ्नो जोडीको जासुसी नगर्ने तथा जोडीप्रति विश्वास रहेको बताए। सर्वेक्षणका व|mममा के पनि पत्ता लागेको छ भने जोडीको जासुसीको साझा शैली उसको इमेल, टेक्स म्यासेज तथा सोसल साइट अकाउन्ट चेक गर्नु हो। 

करिब १८ प्रतिशत मानिस आफ्नो जोडीले कसैसँग फोनमा कुरा गरिरहेका बेला कान ठाडो राख्छन् भने कतिपयले फोन ट्यापसमेत गर्ने गरेका छन्। ४ प्रतिशतले आफ्नो जोडीको जासुसी गर्न भाडाका मानिस नै खटाएका हुन्छन्। ७ प्रतिशतले मोबाइलको जिपिएस ट्रयाकरको सहायताले आफ्नो जोडीको जासुसी गर्छन् भने १६ प्रतिशतले आफ्नो जोडीको क्रेडिट कार्ड स्टेटमेन्ट चेक गरेर निगरानी राख्छन्। यसरी आफ्नो जोडीको जासुसी गर्नेमा ७३ प्रतिशत महिला तथा २७ प्रतिशत पुरुष भएको अध्ययनले देखाएको छ।

कुन महिनामा सबैभन्दा बढी ?

वर्षभरिमा कुन महिना मानिसहरूले सबैभन्दा बढी सम्भोग गर्छन् होला ? यौनसम्पर्कको औसत दर कुनै पनि ठाउँको मौसम तथा परिस्थिति अनुसार फरक पर्ने विज्ञहरूको भनाइ छ। बेलायती जोडीहरू अगस्ट महिनामा सबैभन्दा धेरै यौनसम्पर्कमा लिप्त हुने गरेको एक अध्ययनले देखाएको छ। अगस्ट महिनामा बेलायतमा मौसम सफा हुने र सूर्यको प्रकाश स्पष्ट रूपमा पर्ने अनि सूर्यको प्रकाशले मानिसमा सेरोटोनिन र डोपामाइन तथा सेक्स हार्मोन टेस्टेस्टेरोनको मात्रा बढाउने भएकाले सम्भोगको दर बढ्ने विज्ञहरूको भनाइ छ।

सेक्स टोय कम्पनी लभहनीले गरेको सर्वेक्षणले यो तथ्यलाई पुष्टि गर्दै ग्रीष्मयामको अगस्ट महिनामा बेलायतमा सम्भोगको दर सबैभन्दा बढी हुने देखाएको छ। बढी सम्भोग हुने महिनामा जुलाई दोस्रो स्थानमा छ भने जून तेस्रो स्थानमा छ। ग्रीष्मयाममा लगाइने छोटा-छोटा पहिरनले पनि युवायुवतीमा सम्भोगको चाहना बढाउँछ। सम्भोगको दरका हिसाबले चौथो स्थानमा मे महिना हो। पाँचौं स्थानमा डिसेम्बर, छैटौंमा सेप्टेम्बर, सातौँमा अप्रिल, आठौँमा अक्टोबर, नवौँमा मार्च, दसौँमा जनवरी तथा एघारौँमा नोभेम्बर छन्। वर्षमा सबैभन्दा कम यौनसम्पर्क हुने महिना फेब्रुअरी हो। जाडोयामको फेब्रुअरी महिनामा सम्भोगको दर सबैभन्दा कम हुनुमा मौसमकै हात रहेको निष्कर्ष निकालिएको छ। जाडोयाममा शरीरमा मेलाटोनिन हार्मोनको उत्सर्जन बढी हुने र उक्त हार्मोनका कारण यौन चाहना घट्ने तथा डिप्रेसन र थकान बढ्ने बताइन्छ।

साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis