CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » राजनीतिक भुवन

राजनीतिक भुवन

राजनीति गर्नु र राजनीतिक संस्कार प्रदर्शन गर्नु फरक-फरक कुरा रहेछन्। समानुपातिकतर्फबाट सभासद् हुन नपाएका नेपाली कांगे्रसका सुरेन्द्र पाण्डे, एमालेकी रामकुमारी झाँक्री, एमाओवादीका हेमन्तप्रकाश ओलीलगायत नेताहरूको असन्तुष्टि सुनेपछि मलाई यो फरकपनाबारे बोध भयो। कतिपय आकांक्षीका असन्तुष्टि जायज पनि होलान्। तर,
उनीहरूले जसरी आफ्नो त्याग र बलिदानलाई सभासद् पदसँग दाँजेका छन्, त्यो राजनीतिको विदू्रपीकरणबाहेक केही होइन।

बरू जीवनमा कहिल्यै राजनीति नगरेका अभिनेता भुवन केसीले राजनीतिक संस्कार प्रदर्शन गरे। एमालेले सभासद् नबनाएपछि उनले पत्रकार सम्मेलनमा भने, "चलचित्र क्षेत्रका लागि केही गरौँला भन्ने अपेक्षा थियो, बन्न सकिनँ। तर, सभासद् नबन्दैमा पार्टीप्रतिको मेरो आस्था र निष्ठामा कमी आउने छैन।"

गत निर्वाचनमा एमालेले कसैलाई अपमान गरेको थियो भने केसीमाथि नै गरेको थियो। उनले पाइसकेको प्रत्यक्षतर्फको टिकट खोसिएको थियो। समानुपातिकतर्फबाट उम्मेदवार बनाए पनि अन्तिममा हिस्स भए। अपमानका बाबजुद उनले अशिष्ट र अराजनीतिक टिप्पणी गरेनन्। यसले राजनीति नगरे पनि उनमा राजनीतिक संस्कार रहेछ भन्ने देखाउँछ। सभासद् बन्न नपाउँदा रडाको मच्चाउने सबै पार्टीका नेताहरूले भुवनबाट पाठ सिकून्।
साभार : नेपाल
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis