CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » पुरुषहरूलाई मन नपर्ने हस्तक्षेप

पुरुषहरूलाई मन नपर्ने हस्तक्षेप

 पुरुषहरूलाई कतिपय मामिलामा कसैको पनि हस्तक्षेप मन पर्दैन। यद्यपि यहाँ प्रमुख दसवटा प्रमुख बुँदालाई प्रस्तुत गरिएको छ, जसमा प्राय: पुरुषहरू कसैको हस्तक्षेप पटक्कै रुचाउँदैनन्।

खर्चसम्बन्धी मामिला

अधिकांश पुरुष आफ्नो आम्दानी आफ्नै हिसाबले खर्च गर्छन् र
त्यसलाई सही पनि मान्छन्। उनीहरू सही छन् कि गलत भन्ने विषयमा कुनै प्रकारको राय, विशेष गरी श्रीमतीको सल्लाह वा टिप्पणी मन पराउँदैनन्। हिसाब-किताबका बारेमा सोधपुछ गर्दा उनीहरूको स्वाभिमानमा चोट पुग्छ।

ड्राइभिङ सेन्स

पुरुषहरू घरका मुखिया हुने भएकाले उनीहरू घरबाहिरको हरेक मामिलामा आफ्नो निर्णय सर्वमान्य हुनुपर्छ भन्ने चाहना राख्छन्। ड्राइभिङ सीटमा बस्दा पनि उनीहरूको त्यही दृष्टिकोणले काम गरेको हुन्छ । आफूले हाँकिरहेको कार वा बाइकमा अगाडि-पछाडिबाट कसैको सल्लाह प्राप्त भए वा उनीहरूको योग्यता-क्षमतामा शंका वा प्रश्न गरे पुरुषलाई मन पर्दैन।

सुपरम्यान छवि

पुरुषहरू आफूलाई महान् र सुपरम्यान मान्छन्। उनीहरूको मनमा बसेको उक्त छविमा ठेस पुर्‍याउने काम गर्नुहुँदैन। घरमा शान्ति चाहिन्छ भने जस्तो छ त्यही रूपमा उनीहरूलाई स्वीकार गर्नुपर्छ। यो छविमा फेरबदल गर्ने प्रयास महँगो साबित हुनसक्छ। यदि परिवर्तन गर्न चाहने हो भने पहिले वातावरण तयार गर्नुपर्छ। प्रशंसाका दुई-चार शब्द भन्नुपर्छ, त्यसपछि प्रेमपूर्वक विषयमा आउनुपर्छ।

अरूसित तुलना

बिर्सेर पनि आफ्ना पतिदेवको तुलना अरूसित गर्नुहुँदैन। विशेष गरी आफ्ना पिता, भाइ, भिनाजु, छिमेकी वा मित्रजनसित। यस्तो तुलना उनीहरूलाई कहिल्यै राम्रो लाग्दैन। माइती पक्षसित गरिएको तुलनाले पनि उनीहरूको मुड बिगार्ने काम मात्र गर्छ।

सेक्स अपिल

यो पनि त्यस्तो पक्ष हो जहाँ उनीहरूको र मात्र उनीहरूको सोचले महत्त्व राख्छ। वयस्क त भैहाले टिनएजर्स पनि यो मामिलामा कसैको राय-सल्लाह लिन रुचाउँदैनन्। उनीहरूलाई आफ्नो सेक्स अपिलमाथि पूर्ण विश्वास हुन्छ। उनीहरूलाई आफ्नो शैलीप्रति विश्वास हुन्छ र कुन अन्दाजमा कुरा बन्छ भन्ने राम्रो जानकारी हुन्छ।

प्रिय बानी-व्यवहार

पुरुषलाई आफ्नो हरेक बानी-व्यवहारसित प्रेम हुन्छ चाहे त्यो बानी बिनाकारण ठूल्ठूलो गफ दिने होस् वा चाकडी गर्ने होस्। पब्लिकमा दाँत वा नाक चलाउने बानी होस् वा सोसल एटिकेट तथा म्यानर्समा कमी। ती सबैको चर्चा वा कमेन्ट गरेको पुरुषहरूलाई पटक्कै मन पर्दैन। हस्तक्षेप वा सुधार्ने प्रयास महँगो साबित हुन सक्छ। उनीहरूको मुड त बिग्रन्छ नै, आफू स्वयं पनि अपसेट हुन सकिन्छ।

लाइफस्टाइल


आफ्नो रहनसहनका बारेमा पनि पुरुषको आफ्नै सोच हुन्छ। यस विषयमा महिलाको हस्तक्षेप उनीहरूलाई पटक्कै मन पर्दैन। बाथरुममा बसेर बुक पढ्ने, हरेक दुई घन्टामा चिया पिउने, राति अबेरसम्म कम्प्युटर चलाउने वा बेड-टी खाने, अफिसमा जिन्स लगाएर जाने वा पाइन्टका साथमा चप्पल लगाउने। यी सबै बानी उनीहरूको आफ्नो लाइफस्टाइल हो। पुरुषहरूलाई त्यसमै आराम महसुस हुन्छ, शान्ति प्राप्त हुन्छ। त्यसैले यी कुरामा हस्तक्षेप वा सल्लाह उनीहरूलाई स्वीकार्य हुँदैन। यी कुरालाई सुधार्न चाहने हो भने धैर्य र प्रेमलाई आफ्नो हतियार बनाउनुपर्ने हुन्छ।

प्रिय मित्रजन

पुरुषको प्रिय मित्रका बारेमा केही नेगेटिभ कमेन्ट गरियो भने कमेन्ट दिने व्यक्तिले कठिन परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। चाहे आफ्नो छैठौं इन्दि्रयले आफ्ना मित्रका बारेमा शंकाको संकेत गरेको किन नहोस्, चरित्रका सम्बन्धमा नकारात्मक सन्देश दिएको किन नहोस्, तिनका मित्र मतलबी र स्वार्थी भएको भन्ने जानकारी किन नहोस्, पुरुषलाई आफ्ना मित्रको आलोचना सह्य हुँदैन।

मातृभक्ति

हरेक छोराको दृष्टिकोणमा आफ्नी आमा सर्वगुण सम्पन्न, शालीन, असल र धर्मपरायण हुन्छन्। पुरुषहरू आफ्नी आमा र दिदी-बहिनीका मामिलामा बढी संवेदनशील हुन्छन्। उनीहरूका बारेमा गरिएको आलोचनाले आपसी सम्बन्धमै तिक्तता सिर्जना गर्नसक्छ। सम्बन्धको सुमधुरताका लागि आफ्नो कमेन्ट आफैंमा सीमित राख्नु राम्रो हुन्छ होइन भने तँ-तँ र म-मको स्थिति निम्तिन सक्छ।

मोबाइल, मेल तथा डायरी

पुरुषलाई आफ्नो म्यासेज, मेल वा डायरी कसैले पनि अनुमतिबिना पढेको मन पर्दैन। यदि पढ्नुभएको छ भने त्यसमा कमेन्ट गरेर पुरुषहरूको व्यक्तिगत मामिलामा हस्तक्षेप गर्नु हुँदैन। गर्नुभयो भनेे आफ्नै शान्त एवं सुखमय जीवनमा अशान्तिको हुरी-बतास चल्ने सम्भावना हुन्छ।



किन कुरा लुकाउँछन् पुरुष ?

अधिकांश महिला श्रीमान्ले आफूसित कुरा लुकाएको गुनासो गर्छन्। आखिर पुरुषहरू किन यसो गर्छन् ? मनोचिकित्सकहरूका अनुसार पुरुषले सोच्ने ढंग महिलाको भन्दा अलग हुन्छ। उनीहरू महिलाको तुलनामा कम बोल्छन्। अत: उनीहरू धेरैजसो कुरा सहजै लुकाउन सक्छन्। तुलनात्मक रूपमा महिलाहरू कुरा लुकाउने मामिलामा पुरुषभन्दा पछि पर्छन्। उनीहरू आफ्ना श्रीमान् वा प्रेमीबाट आफूसित उनीहरूका हरेक कुरा सेयर होस् भन्ने अपेक्षा गर्छन् र जब यसो हुँदैन तब दाम्पत्य जीवनमा विवाद प्रारम्भ हुन्छ।

सकारात्मक पक्ष

-    पुरुषहरू भित्री मनमा श्रीमती पनि समस्यामा परून् भन्ने चाहँदैनन्। त्यसैले उनीहरू स-साना कुरा लुकाएर घरको वातावरण शान्त राख्न चाहन्छन्।

-    पुरुषहरू प्राय: समस्यालाईर् सहज रूपमा सुल्झाउँछन् किनभने उनीहरूको समस्या सुल्झाउने शैली महिलाको भन्दा अलग हुन्छ।

-    पुरुषहरू तुलनात्मक रूपले कम मतभेद राख्छन् र मतभेद भए पनि कटुता राख्दैनन्।

-    पुरुषहरू कुनै पनि कुरालाईर् लम्ब्याउन चाहँदैनन्। कुनै कुरा चाँडै समाधान होस् भन्ने उनीहरूको चाहना हुन्छ।

-    पुरुषहरू जीवनप्रति बढी आशावादी हुन्छन्।

-    कुरा लगाउने बानी नहुने भएकाले पुरुषहरू स-साना कुरामा ध्यान दिँदैनन्।

-    पुरुषहरू नकारात्मक कुराको पनि समाधान खोज्ने प्रयास गर्छन्।

नकारात्मक पक्ष

-    पुरुषहरू धेरै हदसम्म कमिटमेन्टबाट बच्छन् र कुरा पनि लुकाउँछन्।

-    श्रीमतीले शंका नगरून् भन्ने उद्देश्यले अफिसका सहकर्मीहरूका सम्बन्धमा कुरा सेयर गर्न उचित मान्दैनन्।

-    आफ्नो आम्दानी र खर्च श्रीमतीलाईर् यकिन जानकारी नहोस् भन्ने हेतुले पुरुषहरू श्रीमतीसित कुरा लुकाउँछन्।

-    हरेक कुरामा कमेन्ट वा गुनासो गरेको पुरुषलाईर् मन पर्दैन। अत: पुरुषहरू कतिपय अवस्थामा झूटो पनि बोल्छन्।

-    कतिपय अवस्थामा पुरुषहरू अति महत्वपूर्ण कुरा पनि भन्न उचित मान्दैनन्।

साभार : ईकान्तिपुर
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis