CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पोखराको बाग्लुङ बसपार्कमा बद्‍नाम बजार

पोखराको बाग्लुङ बसपार्कमा बद्‍नाम बजार

baglung_buspark पोखरा नेपालकै एउटा सुन्दर सहर हो। यही सुन्दर नगरमा एउटा बद्‍‍नाम बजार पनि छ। धेरै भएको थियो यहाँको बदनाम बाग्लुङ बसपार्क बजारको चर्चा सुनेको। तर त्यहाँ के देखिन्छ, हेर्न भने पाएको थिइनँ। बद्‍नाम बजार भएकोले त्यहाँ हतपत
साथीहरु जान पनि मान्दैनन्। यस पटक पोखरामा रहँदा भने मौका जुर्‍यो। मोटरसाइकलबाट एकछिन त्यहाँको दृश्य बाहिरबाट सर्सर्ती हेर्दा नै लाग्यो- अहो, नेपालमा यस्तोसम्म भइसकेछ है, खुल्लमखुल्ला देहव्यापार! हिन्दी फिल्महरुमा देखाइने कोठी भएको गल्लीभन्दा कम थिएन दृश्य। केही फोटो हेरौँ। यी फोटो फोनमा कुरा गरेको बहानामा मोटरसाइकल चढ्दाचढ्दै खिचिएका हुन्। गोपनीयताका कारण अनुहार धमिलो बनाइएको छ।
baglung_buspark1
देहव्यापारका लागि भारतको कुख्यात ठाउँको दृश्य डकुमेन्ट्री र फिल्महरुमा देख्न पाइन्छ। आफ्नै आँखाले भने एक पटक दक्षिण कोरियाको दस दिने यात्रा गर्दा देखेको थिएँ।
कोरियामा अध्ययनरत साथीहरुले सब कुरा हेर्नुपर्छ, जाऔँ हेर्न भन्दै एक रात सउलको एउटा बदनाम बजार घुमाउन लगेका थिए। भद्दा मेकअप पोतेका महिलाहरु पसलहरु बाहिर उभिएर ग्राहक बोलाउँदै थिए।
अचम्म लाग्यो, बाग्लुङ बसपार्क छेवैको एउटा बजारमा पनि पूरै त्यस्तै देखियो। देहव्यापारमा कानुनी प्रतिबन्ध रहेको देशमा यसरी खुल्लमखुल्ला ग्राहक बोलाउँदै गरेको देख्दा अचम्म मान्दै थिएँ, एउटी युवतीले डाकिहालिन्, दाइ जाने हो ?
त्यसपछि त टाप !
baglung_buspark2
baglung_buspark3
baglung_buspark4
baglung_buspark5
baglung_buspark6
केही अघि पोखराको लेकसाइडमा होटल होटलमा छापा मारेर जोडीहरुलाई प्रहरीले पक्रेको थियो। होटलमा बसेका लोग्नेस्वास्नी पनि परे भन्ने कुरा समेत आएको थियो। कोठाभित्र बसेका जोडीहरुलाई समात्ने प्रहरीले खुल्लमुखल्ला देहव्यापार गरेको चाहिँ किन नदेखेका होलान्।
यो दृश्य देखेपछि छ वर्षअघि नै पोखरा पर्यटन परिषद्का अध्यक्ष सुन्दर श्रेष्ठले नेपालमा सेक्स टुरिजमको विकास गर्नुपर्छ भनेर किन भनेका रहेछन् भन्ने महसूस भयो।
उतिबेलै इकोनोमिस्टमा छापिएको एउटा लेखमा दक्षिण एसियाको यौन व्यापारका सम्बन्धमा विज्ञ भन्दै जोन फ्रेडेरिकले “एक दशकअघिसम्म नेपालमा यौन उद्योग भूमिगत थियो। तर अहिले यो ब्याङ्कको जस्तो, नोमपेन्हको जस्तो भएको छ” किन भनेका रहेछन्, त्यही दिन थाहा भयो। आफूले नदेखेसम्म केही कुरा हुँदै नभएको भन्नेहरु कति गलत रहेछन् बुझियो।
किन त्यहाँका बासिन्दाहरु बाग्लुङ बसपार्क जान नपरे हुन्थ्यो ठान्दा रहेछन्, त्यही दिन बुझियो। महिलाको त कुरै छाडौँ, पुरुषसमेत त्यो ठाउँमा यसो कतै देखियो भने बद्‍नाम हुँदा रहेछन्। यहाँ कतिलाई फोटो मात्र हेर्दा लाग्ला, ती त्यस्तै हुन् भन्ने कसरी बुझियो त ? किनभने तीमध्ये केहीले त आफै हामीलाई बोलाएका थिए। नपत्याए तपाईँ पनि त्यो क्षेत्रमा एक पटक अवलोकन गर्न जान सक्नुहुन्छ।
यति खुल्लमखुल्ला भइरहेको अवैध कामलाई कि त नियन्त्रण गर्नुपर्‍यो, त्यो नसकिने भए नियमन त गर्नुपर्‍यो नि।
साभार : माई संसार
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis