दाम्पत्य जीवनमा बाँधिने धेरैले सँगै बाँच्ने र सँगै मर्ने वाचा गर्छन । तर, त्यो बाचा आफुले चाहेर मात्र पुरा हुन्न, त्यसैले एउटाको बिछोडमा अर्को तडपिनुपर्ने अबस्था हुन्छ ।
अमेरिकाको एक जोडीको पुकार भने
भगवानले सुनिदिएरै होला उनीहरुले चाहेजस्तै भयो ।
६ दशकसम्म फ्लोरेन र एड हेल एकअर्काबाट छुट्टिएनन, यहाँसम्मकी कालले पनि उनीहरुलाई छुटाउन सकेन ।
७ फेब्रअरीमा फ्लोरेनको ८२ वर्षको उमेरमा न्यूयोर्कको एक अस्पतालमा निधन भयो । उनको बेडसँगै ८३ वर्षीय हेल पनि विरामी अवस्थामा थिए, अन्तिम सास लिँदा समेत फ्लोरेनले उनको हात समाइरहेकी थिइन् ।
३६ घण्टापछि एड हेलको पनि निधन भयो । हेल एक महिनाअघि किड्नी फेल भएपछि रोचेस्टरस्थित एक अस्पताल भर्ना भएका थिए । फेब्रुअरी ४ मा उनीकी पत्नी पनि विरामी परिन्, र हेल भर्ना भएको अस्पतालबाट करिव ३५ माइल पर रहेको युनाइटेड मेथोडिस्ट मेडिकल सेन्टरमा भर्ना गरियो । उनको मुटुमा समस्या देखिएको थियो ।
पत्नी गम्भीर अवस्थामा रहेका थाहा भएपछि हेलले पत्नीसँगै जाने इच्छा देखाए । परिवारको आग्रहमा दुबै अस्पतालले उनीहरु दुबैलाई एक ठाउँमा राख्ने व्यवस्था मिलायो ।
फ्लोरेन र एड हेल ६० वर्ष पहिले एक पार्टीमा भेटेका थिए, जहाँबाट उनीहरुको प्रेम सुरु भयो । युवा इन्जिनियर हेल फ्लोरनको हात माग्न उनको बाबुआमाको पुगे । तर, परिवारले अस्वीकार गरे, किनकी फ्लोरेनले विवाह भएको तीन महिनामा नै भयानक कार दुर्घटनामा पती गुमाएकी थिइन् ।
तर, हेलले हार खाएनन् । हेल र फ्लोरेन १९५३ मे १२ मा बैबाहिक बन्धनमा बाँधिएका थिए ।
साभार : अनलाईन खबर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !