CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » यस्तै अनुभूति केटाले केटीलाई देख्दा हुन्छ कि हुँदैन?

यस्तै अनुभूति केटाले केटीलाई देख्दा हुन्छ कि हुँदैन?

hot-tempered couple with guy holding girl in sexy way wearing grey clothes on grey background Stock Photo - 9097126म हाल ३६ वर्षको भएँ । म विवाहित पुरुष हुँ। म जब १५-१६ को थिएँ तबदेखि कुनै आकर्षक महिलाको तस्बिर वा छोटा पहिरन लगाएकी युवती देख्दा उत्तेजित महसुस गर्थें। साथीहरूसँग भन्दा यो उमेरमा सबैलाई यस्तै हुन्छ भनेर सम्झाए, तर अहिलेसम्म पनि मलाई त्यस्तै अनुभूति हुन्छ।
यस्तो कुरा विवाह पछि हट्छ कि जस्तो लाग्थ्यो तर हटेन। म श्रीमतीसँग पूर्ण सन्तुष्ट छु। तैपनि यस्तो भैरहन्छ। त्यस्ता तस्बिर हेर्दा वा छोटा लुगा लगाएका युवती देख्दा आकषिर्त हुने कुरा कतै श्रीमतीले थाहा पाएर नराम्रो मान्ने हुन कि भन्ने डर पनि लागिरहन्छ। यस्तै अनुभूति महिलाले पुरुषलाई देख्दा हुन्छ कि हुँदैन? त्यो पनि जान्ने मन छ। यो समस्या कस्तो समस्या हो र किन यस्तो हुन्छ? कतै यो मनोरोग त होइन?

एन. के.

महिला र पुरुषले एक-अर्कालाई देख्दा यौन उत्तेजना हुने विषयलाई लिएर धेरै लेख तथा पुस्तकहरूमा चर्चा हुने गरेको छ। ती लेखहरूमा उल्लेख गरिएअनुसार आकर्षक महिला वा छोटा पहिरनमा सजिएका महिलाहरूलाई देख्दा पुरुषहरूमा यौन उत्तेजना हुन्छ भन्ने उनीहरूको विश्लेषण छ। यसलाई पुष्टि गर्न पुरुषहरूले बढी अश्लील चलचित्र बनाउन तथा हेर्न मन पराउँछन् भन्ने तर्क गरिन्छ। यसले गर्दा उनीहरूलाई भिजुअल अराउजल हुन्छ भनिएको छ, तर यसलाई मात्र आधार मानेर पुरुषमा भिजुअल अराउजल हुन्छ भन्नु तर्कसंगत हुँदैन। यो विषय चर्चामा छ र अध्येताहरूका लागि अनुसन्धानको उच्च प्राथमिकतामा पनि। यस विषयमा धेरै चासो र चर्चा गरिएको हुँदा पर्याप्त अनुसन्धान पनि भएका छन्। अनुसन्धान मात्र होइन कि निकै रोचक अनुसन्धान नै भएका छन। त्यसमध्येको एउटा अनुसन्धानका क्रममा महिला र पुरुष दुवैलाई एकै प्रकारको यौन उत्तेजना हुने चलचित्र देखाइएको थियो र दुईमध्ये कुनमा बढी उत्तेजना हुन्छ भनेर मापन गर्ने यन्त्र जडान गरिएको थियो। यन्त्रले उत्तेजना हुँदा यौनाङ्गमा रगतको प्रवाह कति हुन्छ भनेर मापन गथ्र्यो। त्यसरी गरिएको अनुसन्धानले दुवै जनामा रगतको प्रवाह एकै किसिमको र यौन उत्तेजना बराबर भएको पाइएको थियो। उक्त अनुसन्धानले महिला र पुरुष दुवैमा भिजुअल अराउजल हुने र उनीहरू दुवैको दृष्टि क्षमताबराबर हुने कुरा पुष्टि गरेको थियो। त्यसैले केटामान्छेमा मात्र बढी भिजुअल अराउजल हुन्छ भन्न सकिँदैन।

एउटा कुरा फरक छ। त्यो के भने भिजुअल अराउजलका सम्बन्धमा अभिव्यक्ति गर्ने तौर तरिकामा भने महिला र पुरुषमा फरक स्वभाव देखिएको छ। धेरैजसो संस्कृति अनि समाजमा महिलाले आफ्नो यौन इच्छा अभिव्यक्ति गर्नुलाई पापका रूपमा लिइन्छ भने कतै त्यो समाजिक रूपमा स्वीकार्य हुँदैन। कतिपय समाजमा यदि महिलामा कुनै किसिमको यौन इच्छा आउँछ भने त्यसलाई नियन्त्रण गर्नुपर्ने मान्यता हुन्छ। धेरैजसो संस्कृतिमा महिलाले सजिलैसँग आफ्नो यौन इच्छा व्यक्त गर्दैनन्। त्यसैले कतिपय लेख वा पुस्तकले महिलामा भिजुअल अराउजलका बारेमा ठोस रूपमा उल्लेख गर्न नसकेको हो कि भन्न कर लाग्छ।

अब फर्कौं तपाईंको प्रश्नमा, तपाईंले अनुभूति गरेको कुरामा भन्दा पनि श्रीमतीले थाहा पाउने कुराको बढी डर तपाईंलाई महसुस भैरहेको हो कि जस्तो बुझिन्छ। यदि त्यस्तो हो भने तपाईंमा उब्जिएको डरचाहिँ मनोरोग हुन पुग्छ। अन्तरालमा गएर महिलालाई देखेर हुने यौन उत्तेजना भन्दा तपाईंको डरले चाहिँ दैनिक जीवनलाई असर गर्न थाल्छ। त्यसपछि श्रीमतीसँगको सम्बन्धमा पनि असर पर्न थाल्छ। तपाईंको कुराअनुसार अहिलेसम्ममा तपाईंको श्रीमतीसँगको सम्बन्ध राम्रो रहेको बुझिन्छ। त्यसैले तपाइर्ंले अहिले महसुस गर्नुभएको डर अनि महिलाप्रतिको अनुभूतिलाई श्रीमती्सँग बाड्न सक्नुहुन्छ। यदि आकर्षणको कुरा हो भने चाहेअनुसार श्रीमतीलाई कसरी आकर्षक बनाउन सकिन्छ त्यो पनि छलफल गर्न सक्नुहुन्छ। तपाईंलाई र उहाँलाई मनपर्ने पहिरनसँगै गएर किन्न सक्नुहुन्छ। त्यतिमात्र होइन, एकअर्काको प्रशंसा गर्नुहोस्। तपाईंले बुझ्नै पर्ने अर्को कुरा के हो भने तपाईंमा छोटा लुगा लगाएका महिलालाई देखेर यौन उत्तेजना मात्र हुने हो कि उनीहरूसँग यौनसम्पर्क पनि राख्न मन लाग्ने हो? स्पष्ट हुन आवश्यक छ। यदि यौनसम्पर्क गर्ने इच्छा पनि हुने हो भने तपाईं कुनै बेला अप्ठ्यारोमा वा  कानुनी झमेलामा पर्न सक्नुहुन्छ। समयमै समस्या पहिचान गर्दा आउँदा दिन खुसीले बिताउन सकिन्छ।
साभार : साप्ताहिक
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis