CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » गाईजात्रे कार्यक्रमको रौनक

गाईजात्रे कार्यक्रमको रौनक

गाईजात्राको अवसर पारेर काठमाडौंका दुई रंगमञ्चमा यतिबेला हास्यकलाकारहरू राजधानीवासीलाई मज्जाले हँसाइरहेका छन्। कमलादीस्थित प्रज्ञाभवनमा गत शनिबार प्रारम्भ भएको 'गाईजात्रा महोत्सव-२०७१' मा दर्शकहरूको भीड बढिरहेका बेला भृकुटीमण्डपमा पहिलो पटक आयोजना भैरहेको 'तीतेजीरे मेसीबास्सै गाईजात्रा महोत्सव' ले पनि दर्शकको ध्यान आकषिर्त गरेको छ। 

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनमा शोक मनाउन गत आइतबार
तथा सोमबार स्थगित गरिएको प्रज्ञाभवनको गाईजात्रा महोत्सव मंगलबारदेखि सुचारु भएको छ। पूर्वघोषित कलाकारबाहेक दुई लोकपि्रय कलाकार केदार घिमिरे 'माग्नेबूढा' तथा तक्मे बूढा अर्थात् विल्सनविक्रम राईको आगमनले उक्त महोत्सवमा उल्लास थपिएको छ। विगतमा अश्लीलताको आरोप लाग्ने महोत्सवमा यसपटक हास्यकलाकारहरूले शिष्टता अपनाएका छन्। सिस्नुपानी नेपालको प्रस्तुतीबाट प्रारम्भ हुने प्रज्ञाभवनको गाईजात्रा महोत्सवमा लक्ष्मण गाम्नागेको गाईजात्रे नियमावली, माग्नेबूढा र तक्मेबूढाको प्रहसन, शैलेन्द्र सिंखडाको व्यंग्य कविता, मनोज गजुरेलको मोजेन्द्र मोदीको प्रस्तुतिले दर्शकलाई प्रशस्तै हँसाउँछ। गायिका इन्दिरा जोशीको प्यारोडी गीत, शिशिर योगीको गाईजात्रे गीत, सुरेन्द्र केसी 'मुलासाग' र शिवशंकर रिजाल 'जोगिन्दर'को प्रहसन, दमन रुपाखेती समूहको 'कन्फ्यूज्ड च्यानल,' विष्णु सापकोटा नेतृत्वको 'हर्के हल्दार' समूहको 'गणतन्त्रको ओथारो', किशोर भण्डारी नेतृत्वको 'डिट्ठासाब' समूहको 'राष्ट्रिय चोर' आदि प्रहसनले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरिरहेको छ।

भृकुटीमण्डपको गाईजात्रे महोत्सवमा भने नेपाल टेलिभिजनका तीन लोकपि्रय हास्यश्रृंखला 'तीतो सत्य', 'मेरी बास्सै' तथा 'जिरे खुर्सानी' का लोकपि्रय हास्यकलाकारको प्रस्तुति आकर्षक छ। जितु नेपाल, शिवहरि बैरागीसहितका कलाकारको 'जय मोदेश्वर' मा महादेव र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको रोचक वार्ता प्रस्तुत गरिएको छ। दीपकराज गिरी, दीपाश्री निरौला, रवि डंगोल, आरपी भट्टराई, पूर्ण थापा आदि कलाकारले 'तीतो सत्य' समूहका तर्फबाट प्रस्तुत गरिरहेको 'छोडपत्र कि अलपत्र' शीर्षकको प्रहसनले पनि दर्शकलाई पर्याप्त मनोरञ्जन दिन्छ। सिताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, सूरवीर पण्डित आदिले प्रस्तुत गरिरहेको 'फाइभस्टार सार्वजनिक सौचालय' मार्फत सामाजिक व्यंग्य कसिएको छ। जीरे खुर्सानी समूहकै शिवहरि पौडेल, किरण केसी, सविता गुरुङ, मनोज आचार्यले प्रस्तुत गरिरहेको प्रहसनमार्फत सुनकोसीको पहिरोदेखि वर्तमान राजनीतिक अस्तव्यस्ततासम्मलाई व्यंग्य गरिएको छ। कार्यक्रममा गायक तथा संगीतकार टीका भण्डारीको प्यारोडी, लक्ष्मी केसी र राजेश केसीको नृत्य तथा हरिशा बानियाँको आइटम डान्स आकर्षणको केन्द्र बनेका छन्। कार्यक्रममा राजा राजेन्द्रले उद्घोषकका रूपमा दर्शकहरूलाई हँसाइरहेका छन्।
साभार : इकान्तिपुर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis