CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » लुक्लामा जबर्जस्ती

लुक्लामा जबर्जस्ती


निगमको जहाज लुक्लामा जबर्जस्ती अवतरणदुई पाइलट तीन महिना 'ग्राउन्डेड'काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका दुईजना पाइलटले सोलुखुम्बुको लुक्ला विमानस्थलमा 'जबर्जस्ती' जहाज अवतरण गराएपछि सम्बद्ध निकायले उनीहरूलाई तीन
महिना उडान गर्न नपाउने गरी 'ग्राउन्डेड' गरेको छ।लुक्ला विमानस्थल टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटिसी) ले 'अनुमति छैन' भन्दा पनि उनीहरूले बुधबार बिहान जबर्जस्ती जहाज अवतरण गराएका थिए। घटनालगत्तै लुक्ला विमानस्थलमा हल्लीखल्ली भएको थियो। आफूहरूलाई अनुमति नदिइएको तर, निगमको जहाज भने अवतरण भएको भन्दै निजी वायुसेवा कम्पनीहरूले लुक्लामा नाराबाजी गरेको एक कम्पनीका अधिकारीले जानकारी दिए।
निगमको आन्तरिक उडानतर्फका प्रशिक्षक पाइलट इच्छाराज गुरुङ र क्याप्टेन योगेश हिराचनले बुधबार बिहान जबर्जस्ती लुक्ला विमानस्थलमा जहाज अवतरण गराएका थिए। त्यसबेला मौसम खराब भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। 

नियमविपरीत जहाज अवतरण गराएका दुवै पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षामा खेलाँची गरेको ठहर गर्दै तीन महिनासम्म उडान गर्न नपाउने गरी बिहीबार 'ग्राउन्डेड' गरेको छ। उनीहरूलाई दुई दिनसम्म सोधपुछ र अनुसन्धान गरेपछि ग्राउन्डेड गरिएको हो।

'अनुमतिबिना लुक्लामा जहाज अवतरण गराएका दुवै पाइलटलाई ग्राउन्डेड गरेका छौं,' प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले बिहीबार नागरिकसँग भने, 'उडान सुरक्षामा गम्भीर लापरबाही गरेकाले कारबाही स्वरूप ग्राउन्डेड गरिएको हो।'

वायुसेवा निगम स्रोतका अनुसार पाइलटद्वय गुरुङ र हिराचनले बुधबार बिहान ८ बजे ९एन–एबिबी कलसाइन भएको १९ सिट क्षमताको ट्वीनअटर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडाएका थिए। जहाजमा अधिकांश विदेशी यात्रु थिए।

उनीहरूले काठमाडौंबाट सिधै सोलुमै रहेको काँगेल विमानस्थलमा अवतरण गराएका थिए। त्यसपछि उनीहरू काठमाडौं जाने भन्दै त्यहाँबाट उडेका थिए। मौसम खराब भएका कारण त्यसबेला प्राधिकरणले सबै वायुसेवा कम्पनीका उडान रोकेर लुक्ला विमानस्थल बन्द गरेको थियो।

लुक्ला बन्द भएकाले निजी वायुसेवा कम्पनीका जहाज धमाधम काठमाडौं 'डाइभर्ट' गरेका थिए। लुक्ला टावरका एटिसीले लुक्ला आउँदै गरेको निगमको जहाजलाई मौसम खराबीका काण विमानस्थल बन्द गरिएको जानकारी गराएका थिए। तर, पाइलटले जबर्जस्ती जहाजलाई अवतरण गराएका थिए।

स्रोतका अनुसार गुरुङ प्रशिक्षक पाइलट भए पनि जहाज भने हिराचनले 'कमान्ड' गरेका थिए। जहाजको ककपिटमा हिराचन बायाँ सिटमा बसेका थिए भने गुरुङ दायाँ सिटमा थिए। ककपिटमा बायाँ बस्ने पाइलटले जहाजको कमान्ड लिने गर्छन्। तर, जहाजको कमान्ड भने गुरुङले सम्हाल्नुपर्ने थियो।

गुरुङ करिब २५ वर्षदेखि निगमका जहाज उडाइरहेका छन्। उनले अन्तर्राष्ट्रिय उडानतर्फ बोइङ ७५७ जहाजको को–पाइलटका रूपमा पनि लामो समय उडान गरिसकेका छन्। हिराचन भने हालैमात्र ट्वीनअटरका क्याप्टेन भएका हुन्।

'हाम्रा जहाजलाई चाहिँ मौसम खराब छ भन्दै अवतरण गर्न नदिने अनि सरकारी कम्पनी भएको भन्दै निगमका जहाजलाई बस्न दिन मिल्छ?,' एक वायुसेवा कम्पनीका अधिकारीले आक्रोश पोखे, 'उडानजस्तो संवेदनशील विषयमा पनि खेलबाड गर्न पाइँदैन।'

उनका अनुसार निगम र प्राधिकरणविरुद्ध लुक्लामै नाराबाजी गरेका निजी कम्पनीका अधिकारीहरूले त्यही दिन र भोलिपल्ट बिहीबार प्राधिकरण र निगम केन्द्रीय कार्यालय गएर ती पाइलटलाई कारबाही गर्न माग गरेका थिए।

निगम व्यवस्थापनले भने जबर्जस्ती जहाज अवतरण गराएका दुई पाइलटलाई कारबाही गर्ने र घटना छानविन गर्ने 'छनक' नदेखाएपछि निजी कम्पनीका अधिकारीहरू थप आक्रोशित भएका थिए।

'त्यसपछि हाम्रो प्रतिनिधिमण्डल सिधै प्राधिकरण गएर घटनाको बेलिविस्तार लगाउँदै निगमका पाइलटलाई कारबाही गर्न माग गर्यौंै,' प्रतिनिधिमण्डलमा सहभागी एक अधिकारीले भने, 'माग पूरा गर्नैपर्ने हाम्रो अडानपछि प्राधिकरणले कारबाही स्वरूप दुवै पाइलटलाई तीन महिनाका लागि ग्राउन्डेड गर्योप।'

उड्डयन नियमअनुसार यस्ता घटनामा संलग्न पाइलटलार्ई कारबाही स्वरूप ग्राउन्डेड गर्नुपर्ने हुन्छ। यस्तो घटना ढाकछोप गर्दा अरू पाइलटलाई पनि समस्या पर्ने भएपछि प्राधिकरणले कारबाही गरेको हो। निगमले पनि यो घटनामा छानविन गरी थप कारबाही गर्न सक्छ।

'सम्बद्ध निकायले विमानस्थल बन्द गरेका बेला जहाज अवतरण गराएर निगमका पाइलटहरूले उडान सुरक्षामा गम्भीर लापरबाही गरेका छन्। त्यसमाथि मौसम खराब छ भन्ने थाहा पाउँदापाउँदै पनि उनीहरूले एटिसीलाई हेपेर जहाज अवतरण गराए,' एक वरिष्ठ पाइलटले भने, 'यस्तो प्रवृत्ति निगममा बढिरहेको देखिन्छ। यस्ता क्रियाकलाप रोक्नका लागि पनि कारबाही गरेर प्राधिकरणले राम्रो काम गरेको छ।'

उनका अनुसार आकस्मिक अवतरण गर्नुपरे, जहाजको इन्जिनमा आगलागी भए, इन्धन रित्तिन लागे, कुनै एउटा इन्जिनले काम नगरे, कसैले अपहरण गरेको जस्ता कारण भएमात्र बन्द गरिएका विमानस्थलमा अवतरण गर्न पाउने नियम छ। तर, निगमका जहाजमा भने त्यस्ता कुनै पनि समस्या थिएनन्। तै पनि जबर्जस्ती अवतरण गराएका थिए।

आन्तरिक उडानका लागि हाल निगमसँग दुईवटा ट्वीनअटर जहाज सञ्चालनमा भए पनि एउटा बिहीबार मुस्ताङको जोमसोममा दुर्घटनाग्रस्त भएपछि एकमा सीमित भएको छ। दुर्घटनामा परेको जहाज कामै नलाग्ने गरी क्षतविक्षत भएको छ। दुवै जहाज चार दशकभन्दा पुराना हुन्।

निगमले आगामी असोजभित्र थप तीनवटासहित पाँच ट्वीनअटरबाट आन्तरिक गन्तव्यमा उडाउने योजना सार्वजनिक गरेलगत्तै एउटा जहाज दुर्घटनामा परेको हो। निगमले आगामी जुलाई, सेप्टेम्बर र अक्टोबरमा गरी तीनवटै जहाज सञ्चालनमा ल्याउने उद्देश्यले आफूसँग रहेका ६ थान इन्जिन साट्न अन्तर्राष्ट्रिय टेन्डर मागेको छ। ती इन्जिन साटिएर मर्मत गरिएका आएपछि थप तीन जहाजबाट आन्तरिक उडान गर्ने निगमको योजना छ।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis