CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » उहाँमा यौनइच्छा जागृत गराउन के गर्नुपर्ला ?

उहाँमा यौनइच्छा जागृत गराउन के गर्नुपर्ला ?

Image result for relationshipम ४२ वर्षकी भएँ र हाम्री १२ वर्षकी एउटी छोरी पनि छिन् । मेरो सानैदेखि चिनेको साथीसँग मागी विवाह भएको थियो । विवाहको सुरु–सुरुमा यौनसम्बन्ध कायम गर्दा लाज लाग्थ्यो । विवाह भएको दुई वर्षपछि छोरी जन्मिन् तर त्यसपश्चात् उहाँलाई यौनइच्छा हुन छाड्यो । बिस्तारै ठीक होला कि भन्ने आशामा १० वर्ष बितिसक्यो । हामीबीच पूरै यौनसम्बन्ध बन्द भएको पनि लगभग ३ वर्ष भैसकेको छ । कहिलेकाहीं रिसले छोडपत्र गरौं भन्ने लाग्छ, तर छोरीका कारणले रोकिन्छु । यो समस्याको समाधान के
होला ? हामीबीच शारीरिकसम्बन्ध भएन भने नाता सम्बन्धलाई मात्र अघि बढाउनु कति उचित हुन्छ ? उहाँमा यौनइच्छा जागृत गराउन के गर्नुपर्ला ?   बी.


यौनचाहनासम्बन्धी यस्ता प्रश्न धेरैले राख्ने गरेका छन् । चिकित्सकीय भाषामा कुनै पनि दम्पत्तीबीच एक वर्षमा दस पटक वा त्यसभन्दा कम यौनसम्बन्ध कायम हुन्छ भने त्यसलाई सेक्सलेस म्यारिज भनिन्छ । धेरैजसो व्यक्तिले महिलाहरूमा भन्दा पुरुषमा यौनइच्छा बढी हुन्छ भन्ने धारणा राख्छन् तर महिलामा पनि यौन चाहना हुनु स्वभाविक हो । यससम्बन्धमा हालै अमेरिकामा गरिएको अनुसन्धान अनुसार सात जोडीमध्ये एक जोडी सेक्सलेस म्यारिजबाट गुज्रिरहेका छन् । सामाजिक भनाइअनुसार प्राय: गरी महिलाहरूनै यौनसम्बन्धबाट टाढिन्छन् तर वास्तवमा पुरुषहरूमा पनि यौनसम्बन्धमा कायम गर्न नचाहनेहरू उत्तिकै छन् । 

तपाईंको यो समस्याको स्रोत धेरै हुन सक्छ । तपाईको प्रश्न पढ्दा तपाईंको श्रीमान अहिले चिन्तामा हुनुहुन्छ कि भन्ने बुझिन्छ । दोस्रो, तपाईं र तपार्इंको श्रीमान्बीच अन्य कुनै कुरामा मतभेद वा झगडा छ कि भन्ने प्रश्न पनि उठ्छ । सामाजिक कुरालाई लिएर हरेक दिन गुनासो गर्ने र अरूको श्रीमान्सँग आफ्नो श्रीमान्मा नभएको कुरा दाँज्ने प्रवृत्तिका कारण पनि एक–अर्काप्रति सम्मान र स्वभावमा समस्या थपिन थाल्छ । त्यसले एक–अर्काप्रतिको आकर्षणमा समस्या पर्न थालेको हुन सक्छ भने परस्त्रीगमन पनि हुनसक्छ अथवा भनौं मानसिक तनावका स्रोत धेरै हुन सक्छन् । यस्तो स्थितिमा समस्या पत्ता लगाउने र त्यसलाई न्यूनीकरण गर्नेतिर जोड दिनुपर्छ । हाम्रो समाजमा धेरै मानिस विभिन्न बाध्यता, आशा, प्रभाव, भ्रमपूर्ण प्रेम, खानदान कथित सामाजिक प्रतिष्ठा आदिमा ध्यान दिन्छन् र तत्काल विवाह गरिहाल्छन् । एक–अर्कालाई राम्रोसँग बुझ्ने प्रयास नगरी गरिएका यस्ता विवाहहरू पछिसम्म पनि पारिवारिक असन्तुष्टि र कलहका स्रोत बन्न सक्छन् । तपाईंको समस्याको वास्तविकतामा पुग्नुअघि यस्ता धेरै कुरा केलाउनुपर्ने हुन्छ ।

तपाईंको श्रीमान्मा यौन निष्क्रियतासम्बन्धी कुनै समस्या पनि उत्पन्न भएको हुनसक्छ । त्यसका लागि चिकित्सकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । खासमा यौन क्रियाकलाप कति पटक भयो भन्नुभन्दा कति गुणस्तरीय भयो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।

तपाईंहरूले एक–अर्कालाई दोष लगाउँदा विभिन्न समस्या सिर्जना हुन सक्छ र तपाईंहरूको सम्बन्ध अझ जटिल बन्दै जान्छ । आफ्ना श्रीमान वा श्रीमती जसको यौन इच्छा कम छ उसलाई दबाब दिनुभन्दा एक–अर्काप्रतिको बुझाइलाई बढावा दिनु आवश्यक हुन्छ । दुई जनाबीच यौनचाहनालाई लिएर भावना साटासाट वा भावना सञ्चार गर्नुपर्ने हुन्छ । त्यसैले आफू आकर्षक बन्ने, परिवेश यौनमय बनाउने, रमाइलो गर्ने, यौनअंगहरूलाई उत्तेजित मुडमा सुमसुम्याउने, गुणस्तरीय लुब्रिकेन्टस प्रयोग गर्ने, एक–अर्काको शरीर एवं भावना बुझ्ने प्रयास गर्ने कामहरू गर्नुहोस् । 

दम्पती जसको जीवनमा यौनसम्बन्ध नै छैन उनीहरू श्रीमान् वा श्रीमतीका रूपमा किन एक–अर्कासँग लामो समय बसिरहेका छन् भन्ने विषयमा पनि धेरै अनुसन्धान भएका छन् । सामाजिक वा पारिवारिक दबाब वा भनूँ दम्पतीबीचको निर्भरताले पनि छोड्न नसक्ने अवस्था हुन सक्छ । त्यसैले अहिले नै सम्बन्ध टुङ्याउने कुरा सोच्नुभन्दा उहाँले तपाईंप्रति कस्तो अपेक्षा राख्नुभएको छ, पत्ता लगाउनुहोस् । त्यसका लागि उहाँले दैनिक तपाईंलाई लक्षित गरेर अभिव्यक्त गर्ने कुरा के हो, याद राख्नुहोस् र उहाँको भावना, चाहना आदिको समस्या सुल्झाउन एक–अर्कासँग संवाद गर्नुहोस् । समस्या गम्भीर छ भन्ने लाग्छ भने दुवैले विशेषज्ञसँग सल्लाह लिनु उचित हुन्छ । 
साभार : साप्ताहिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis