CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » माग्ने बुढा - केदार घिमिरे -अन्तर-कुन्तर कुराकानी

माग्ने बुढा - केदार घिमिरे -अन्तर-कुन्तर कुराकानी


कलाकार नभएको भए ?

व्यापारी हुन्थें होला ।

कलाकार बन्न केले प्रेरित गर्‍यो ?

रेडियो पत्रकारिताले, कलाकारसँग अन्तर्वार्ता लिने क्रममा चासो
बढ्दै गयो।

निर्णय कत्तिको सही रहेछ ?

सही रहेछ, किनभने सिनियरहरूले जति स्ट्रगल गर्नुपरेन।

अहिलेसम्म मनपरेको चरित्र ?

खायो सुपरच्यालेन्जको।

पहिलो पटक कहिले कसलाई मन पराउनुभएको थियो ?

७-८ कक्षामा हुँदा गाउँकी एउटीलाई मन पराइएको थियो, अहिले त उनी पनि बूढी भइन्, म पनि।

आफ्नो कुन अंग सबैभन्दा आकर्षक छ जस्तो लाग्छ ?

कुनै अंग आकर्षक छैन, सामान्यतया जुँगा राम्रो छ भन्ने प्रशंसा पाइएको छ। 

विपरीतलिंगी देख्दा सबैभन्दा पहिलो नजर कुन अंगमा जान्छ ?

आँखामा।

यौन कौतूहलता जागेको पहिलो घटना ?

त्यही १५-१६ वर्षको उमेरमा, एउटा ग्लामरस पत्रिकामा रोमान्टिक सिन देख्दा त्यस्तो महसुस भएको थियो।

राम्री युवती देख्दा कस्तो भावना आउँथ्यो ?

मचाहिँ फिल्मको हिरो, उनीचाहिँ हिरोइन जस्तो लाग्थ्यो। 

सहवास गर्ने रहर कहिले जाग्यो ?

त्यस्तो खासै रुचि जागेन भन्न नमिल्ला। त्यही १५-१६ को उमेरमा, तर म जस्तो जिलिगान्टेलाई हेर्ने कोही थिएन। कल्पनामै सीमित भयो।

कस्तो मौसममा विपरीतलिंगीसँगको रोमान्समा हराउन मन लाग्छ ?

वसन्त ऋतु, पालुवाले हरियो बनाएको समय उपयुक्त होला।

अभिनयका क्रममा बेडसिन दिनुपर्ने दृश्य रहेछ भने के गर्नुहुन्छ ?

समाजले पचाउने किसिमको रहेछ भने गर्छु।

एक वाक्यमा जीवन के हो ?

९९ प्रतिशत दुःख र १ प्रतिशत सुख लेखिएको पुस्तक। 

तपाईंका बारेमा थाहा नपाइएको गोप्य कुरा ?

म एकदमै दुःख पाएको व्यक्ति हुँ। सात वर्षमा आमा गुमाएको तथा कुनै समय आगजनीले चप्पलसमेत डढाएको आर्थिक पृष्ठभूमिबाट आएको धेरैलाई थाहा नहुन सक्छ। ०५० सालमा घरमा आगो लाग्दा केही नै बाँकी रहेन, म खाली खुट्टा ग्राभेलमा रुँदै हिँडेको थिएँ- यस्तै रहेछ यहाँको चलन जित्नेको हाँसो हार्नेको आँसु भन्ने गीत सम्झिदै। 

मन लागेको तर गर्न नपाएको कुरा ?

परोपकार।

फ्लर्ट गर्न कत्तिको माहिर हुनुहुन्छ ?

त्यस्तो गरिएन, लभ पनि गरिएन, केटीहरूले हेरे पो फ्लर्ट गर्न सक्नु। 

जीवनमा सम्भव नहुने कुरा ?

माग्ने बूढा भएर चर्चित भएको यो दृश्य आमालाई देखाउन पाए हुन्थ्यो जस्तो लाग्छ तर सम्भव छैन्।

जीवनमा गरेको सबैभन्दा ठूलो गल्ती ?

कानुनमा उच्च शिक्षा लिने प्रयास गर्नु।

कत्तिको रिसाउनुहुन्छ ?

कमै रिसाउँछु, कमै खुसाउँछु। 

पैसा कमाउन किन गाह्रो भएको ?

पैसाको महत्त्व भएर।

जीवनमा विवाहले कत्तिको महत्त्व राख्छ ?

धेरै राख्छ, यसले जीवन व्यवस्थित गर्छ। 

जसको माया प्राणभन्दा बढी लाग्छ ?

देश।

किनेको सबैभन्दा महँगो सामान ?

ल्यान्डक्रुजर ।

कसलाई देख्दा सेक्स डिजायर बढेर आउँछ ?

पानीमा भिजेकी युवती देख्दा 

चुम्बन मीठो कि सेक्स ?

चुम्बन किनभने चुम्बनको सीमा हुँदैन, तर सेक्स एउटा बिन्दुमा शून्यमा पुग्छ।
Share this article :

2 comments:

  1. मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
    तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

    ReplyDelete
  2. नमस्कार, म एडम्स यूहन्ना, म ऋण को आवश्यकता हो कि ती ऋण बाहिर दिन एक निजी ऋण ऋणदाता हुँ, र नयाँ business.I सुरु गर्न चाहनुहुन्छ कि ती व्यक्तिगत ऋण, व्यापार ऋण, विद्यार्थी ऋण, कम्पनी ऋण र सबै बाहिर दिन 2% सम्पर्क आज को चासो दर मा ऋण को प्रकार,: adamsjohnloanfirm@hotmail.com

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis