CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ५० रुपैयाँ तिरे पुग्ने कामकोलागि कर्मचारीलाई १०० रुपैयाँ तिरेँ

५० रुपैयाँ तिरे पुग्ने कामकोलागि कर्मचारीलाई १०० रुपैयाँ तिरेँ


कुरा हो नापी कार्यालय ललितपुरको। नयाँ घर बनाउन नक्सा पास गर्नको लागि ललितपुर उपमहानगरपालिकाका कर्मचारीले नापी कार्यालयमा गई जग्गाको नक्साको ट्रेस ल्याउनु पर्ने भनेपछि लगनखेलमा रहेको जिल्ला अदालत र मालपोत कार्यालयको बीचमा रहेको नापी कार्यालय पुगियो।
कार्यालय समय १० बजे हो। तर त्यहाँका कर्मचारी मध्ये पिउन बाहेक प्रायःसबै ११ बजे पछि मात्र आउने देखियो। सोद्धा फिल्डमा गएका छन् भनियो, हो कि हैन कसले बुझ्ने ?
खैर आफ्नो काम गरौं भ
नी अधिकृतलाई निवेदनमा तोक लगाउन लगाई लेखा शाखामा ५० रुपैयाँ तिरी सम्बन्धित फाँटमा गइयो । अहो, त्यहाँका कर्मचारी त बाबै। छोइ नसक्नु। त्यहाँभन्दा अन्त कुनै पनि कार्यालयमा कामै नभए जसरी ब्यस्त सबै।
आफूलाई चाहिने काम गराउन कर्मचारीलाई सोद्धा कागज हेर्दै नहेरी ‘यता हैन, यो उता’ भन्दिने। तीन चार पल्ट यताबाट
उता, उताबाट यता पठाइयो। त्यसबीच मभन्दा पछि आएका थुप्रै मान्छेले आफ्नो काम गराई फर्किसकेको पनि देखेँ। मलाई त एकछिन रिस पनि उठ्यो तैपनि एक कर्मचारीलाई नम्रतापूर्वक मेरो कामको लागि अनुरोध गरेँ। उनले यसपालि कागज हेरी यो वडाको हेर्ने सर त आउनु नै भाको छैन भने।
डेढ घण्टा जति भैसकेको थियो त्यहाँ पुगेको, बल्ल सही जानकारी पाएँ भन्ठानी सम्बन्धित कर्मचारी (पुष्प नाम हो उनको, थर चाहिँ थाहा भएन) कुरिबसेँ। त्यसैबेला उक्त कार्यालयमा एकजना चिनजानको भाइ आएको देखेँ। उनले मलाई देख्ने बित्तिकै त्यहाँ आउनुको कारण सोधे। मैले आफ्नो काम र त्यहाँको सबै कुरा बेलिबिस्तार लगाएँ।
ती भाइ त्यहाँ मेरो जस्तो काम आफैँ आई गराउन नसक्ने वा नचाहनेहरुले पठाउने अर्थात् एजेन्ट रहेछन् त्यसैले त्यस कार्यालयको कामको प्रक्रियाबारे जानकार रहने नै भयो। उनै भाइले मलाई मेरो काम गराउन वडाको जिम्मा पाएका कर्मचारी नहुँदा पनि त्यहाँ रहेका कुनै पनि कर्मचारीले १०० रुपैयाँ दिएमा मेरो काम गरिदिने बताए।
मलाई पनि नगरपालिका पुग्नुपर्ने, त्यसै पनि ढिला भइसकेको हुँदा ठीकै छ भनी उनै भाइले चिनाइदिएका एक कर्मचारीलाई १०० रुपैयाँ थमाइदिएँ। नभन्दै मेरो काम २ मिनेटमै भयो। यसरी मैले सरकारी खातामा ५० रुपैयाँ राजस्व तिरे पुग्ने कामको लागि कर्मचारीलाई १०० रुपैयाँ राजस्व तिरेँ।
[घुस लिनु र दिनु दुवै अपराध हो भनिन्छ। तर कहिलेकाहीँ घुस दिन बाध्य बनाइन्छ। तपाईँले पनि कतै घुस दिन बाध्य हुनुपरेको घटना छ ? छ भने तल कमेन्टमा बाँड्न सक्नुहुन्छ। घुस दिनुपरेको ठाउँ र रकम पनि लेख्नुहोला। ताकि कुन ठाउँको घुसको दर कति हो पनि सार्वजनिक होस्]
-राजु महर्जन-


By mysansar, on August 24th, 2012
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis