CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हिरो बन्न खोज्दा परियो जेलमा

हिरो बन्न खोज्दा परियो जेलमा

२७ भदौ ,काठमाडौं। सबैलाई थाहा हुन्छ– मान्छेको हत्या गर्दा त्यस जघन्य अपराधका लागि जेल परिन्छ। बागबजारका १९ वर्षीय आकाश श्रेष्ठलाई पनि यो कुरा पक्कै पनि थाहा थियो। तर, आफ्नी केटी साथीसँग बोलेको अभियोगमा उनले त्यति सम्भि्कने कोसिस गरेरनन् र हिरोइज्म देखाउने नाममा आफ्नै साथी १९ वर्षीय चिरञ्जीवी रेग्मीको हत्या गर्न उद्यत भए। उनी आफू मात्र त्यस अपराधमा मुछिएनन्, नजिकका साथीहरू रविन शाह, सरोज बस्नेत र निशुभ तण्डुकारलाई पनि त्यसमा संलग्न गराए र उनीहरू सबै अहिले हनुमानढोकाको छिँडीमा छन्। निशुभ २१ वर्षका छन् भने रविन १९ वर्षका छन्। सरोज उनीभन्दा दुई वर्ष कान्छा छन्। 
भदौ १६ गते शनिबारको दिन बागबजारस्थित श्रेष्ठ टेलरिङ बन्द रहने भएका कारण त्यति चहलपहल थिएन। त्यस दिन आकाशलाई उनकी प्रेमिकाले भेट्न बोलाएकी थिइन्, बागबजारमा। संयोग भनौं वा वियोग, चिरञ्जीवी पनि त्यतिबेला त्यतै पुगेका थिए। जब आकाशले चिरञ्जीवीलाई आफ्नी प्रेमिकासँग कुरा गरिरहेको देखे, उनले त्यो दृश्य पचाउन सकेनन्। किनभने, प्रेमिकाकै कारण चिरञ्जीवी र आकाशको पहिला नै झगडा परिसकेको थियो। कमलपोखरीस्थित एक्का क्याफेमा एउटा डान्स पार्टीमा आकाशकी  प्रेमिकाले नचाहँदा–नचाहँदै पनि चिरञ्जीवीले सँगै नाच्न खोजेपछि विवाद उत्पन्न भएको थियो। आकाशले उक्त कुरा सम्झे र नायकत्व देखाउन साथीहरूलाई तुरुन्तै बोलाए। 
पूर्वयोजना छँदै थियो। त्यसपछि आकाशले चिरञ्जीवीसँग निहुँ खोजे। त्यतिबेलासम्म आकाशका साथीहरू आइसकेका थिए भने आकाश एक्लै थिए। झगडाको चर्किंदै जाँदा चारजनाले चिरञ्जीवीमाथि आक्रमण सुरु गरे। प्रहरीमा दिएको सावित बयान अनुसार आकाशले चिरञ्जीवीलाई हेलमेटले हिर्काएका थिए भने रविन शाहले हातले नै चिरिन्जीवीको टाउको, मुख तथा शरीरको विभिन्न भागमा सक्दो हिर्काएका थिए। निशुभ पनि के कम! उनीहरूभन्दा एक कदमअघि सरेर उनले पसलबाट पेचकस ल्याएर त्यसैले छाती र पेटमा हिर्काएका थिए। सरोजले छेउमै रहेको चटपटे पसलबाट चक्कु ल्याएर देब्रे छातीमा हिर्काएका थिए। पोस्टमार्टम रिपोर्टअनुसार त्यही कुटपिट तथा घाउबाट चिरञ्जीवीको मृत्यु भयो। रगतपच्छे भएर चिरञ्जीवी लडेपछि चारैजना त्यहाँबाट भागेका थिए। 
घटना दिउँसो २ बजेतिर भए पनि प्रहरीकोमा खबर साँझ सवा छ बजे मात्र पुगेको थियो। मोडल अस्पताल पुर्‍याइएका चिरञ्जीवीको त्यहाँ उपचार हुन नसकेपछि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइएको थियो। साँझ सवा छ बजे उनको मृत्यु भएको थाहा पाएपछि चारैजना घरबाट भागेका थिए। घटना थाहा पाउनासाथ काठमाडौंका प्रहरी प्रमुख जयबहादुर चन्द आफैं घटनास्थल पुगेका थिए भने प्रहरीले सादा पोसाकमा खोजी सुरु गरेको थियो। प्रहरी नायब उपरीक्षक अरूण बीसीको नेतृत्वमा डेढ सय प्रहरी परिचालन गरी अभियुक्तहरूलाई तत्काल पक्राउ गरिएको वरिष्ठ उपरीक्षक चन्द बताउँछन्। घटनाको नौ घन्टापछि प्रहरीले सरोज र रविनलाई जोरपाटीको नयाँबस्तीबाट पक्राउ गरेको थियो भने २२ घन्टापछि मुख्य अभियुक्त आकाशलाई न्युरोडबाट पक्राउ गरेको थियो। बाँकी रहेका निशुभलाई ४८ घन्टापछि बागबजारबाटै पक्राउ गरिएको थियो। 'अत्यन्त व्यावसायिक प्रहरी कारबाही र कुशल सक्षम अनुसन्धानको परिमाणस्वरूप छोटो समयमा सबैलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सफल भएका छौं'– एसएसपी चन्द भन्छन्।
अरू कुनै रिसइवी नभए पनि अल्लारे टिनएजका कारण उत्पन्न भावनाका कारण एक युवाले ज्यान गुमाए भने चार युवाले बीसौं वर्ष जेलमा बिताउनुपर्नेछ।

-- बुधबार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis