CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अख्तियारको ओर्‍याइँ बन्द गर

अख्तियारको ओर्‍याइँ बन्द गर

अख्तियारको ओर्‍याइँ अलि बढी नै भइरा'छ । मान्छेको प्रतिष्ठा, योग्यता, पेसा इत्यादिको ख्यालै नगरी जसलाई पायो त्यसलाई ठाउँ-कुठाउँ पक्रिँदै थुन्दै  गरिरहेको छ । कलेज र विश्वविद्यालयका पूज्यवर गुरुहरूमाथिको आक्रमण हामी सम्पूर्ण अभिभावकका लागि चिन्ता र खेदको विषय भएको छ ।  विश्वविद्यालयका कुलपति, उपकुलपतिदेखि प्राध्यापकलाई समेत भ्रष्टाचारी भन्दै समात्दै गरेको देख्दा हामी त्यस्ता कलेज र विश्वविद्यालयमा आफ्ना  छोराछोरी पढ्न पठाउने अभिभावक सरमले पानीपानी भएका छौँ । हामी सम्पूर्ण अभिभावक र विद्यार्थी
अख्तियारको यो अशोभनीय कार्यको भत्र्सना गदर् छौँ ।

पछिल्लोपटक एक कलेजका निर्देशक, प्राध्यापकलगायतका व्यक्तित्वलाई प्रश्नपत्र बेचबिखन गरेको भन्दै पक्राउ गरिएको छ । ती आदरणीय सरहरूको  दयनीय तस्बिर सञ्चारमाध्यममा देख्नुपर्दा हामी अभिभावक लाजले भुतुक्क भएका छौँ । हामीलाई समाजमा मुखै देखाउन गाह्रो भएको छ । हामीले हाम्रा  छोराछोरीको भविष्य बनाउने जिम्मा दिएका गुरुहरूका हातमा हत्कडी लागेको देख्दा हामीलाई आत्महत्या गरूँ गरूँ जस्तो भएको छ । हामीलाई मरूँ  मरूँ जस्तो भएको छ । हामीमध्ये लाजले कोही मर्‍यौँ भने त्यसको सम्पूर्ण जिम्मेवारी अख्तियारले लिनुपर्छ ।

अख्तियारले अन्यायपूर्वक पक्राउ गरेका सरहरूले डाक्टरको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र हत्याउन गरेको मिहिनेत र उठाएको जोखिमका आधारमा  उनीहरूलाई अभिनन्दन गर्नुपर्ने थियो । सधैँका वर्षजस्तो यसपालि मन्त्रालयबाटै प्रश्नपत्र फुत्काउन गरेको उनीहरूको अथक प्रयास असफल भएछ ।  परीक्षाकै दिनसम्म पनि प्रश्नपत्र हात नपर्दा प्रश्नपत्रका थोक विक्रेताज्यूलाई कस्तो टेन्सन भयो होला ! खुद्रा विक्रेता गुरुज्यूहरू र कमिसन एजेन्ट  सरहरूलाई कति कठिन भयो होला ! १०-१० लाख रुपियाँ दाम कपाली तमसुकका भरमा बुझाएर करोडौँको डाक्टर हुन तयार भई बसेका विद्यार्थी र  तिनका अभिभावकको मुटुको धड्कन कति पुग्यो होला । यस्तो कठोर परिश्रम गरेर प्राप्त गर्न लागेको उपलब्धिलाई अख्तियारले छिनभरमा ध्वस्त  बनाइदियो । अख्तियारको यो शिक्षाविरोधी हर्कतप्रति हामी सबैले खेद व्यक्त गर्नुपर्छ ।

बिचरा ती शिक्षाप्रेमी सञ्चालक र प्राध्यापकलाई शिक्षाको अर्को दोकान खोल्न मन थियो होला । आफूभन्दा जेहेनदार भविष्यका कर्णधार उत्पादन गर्ने  इच्छा थियो होला । विद्यार्थीलाई चोर्न, लुट्न, ठग्न, घूस खान वा जसरी पनि सम्पन्न र सुखी जिन्दगी बनाउन सिकाउने रहर थियो होला । के थाहा,  बिस्तारै उनीहरूले विद्यार्थीलाई नक्कली नोट छाप्ने तरिका पनि सिकाउँथे कि ! त्यो गर्न सकेको भए देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्थ्यो होला । यसरी  हरतरहले उनीहरूलाई व्यापार बढाउने इच्छा थियो होला । गाडी फेर्न मन थियो होला । अस्पतालमा लगानी गर्न मन थियो होला । होटल खोल्न मन  थियो होला । आवास व्यवसायमा हात हाल्न मन थियो होला । त्यसका लागि पैसाको जरुरत थियो । त्यसैले उनीहरूले आफूले जानेको सीप प्रयोग गरेर  स्रोत जुटाउन खोजेका थिए । अख्तियारका कारण सबै योजना चकनाचुर भए । अख्तियारको यो अत्याचारलाई हामी सबैले उछितो काढ्नुपर्छ ।

हामी आह्वान गर्छौं, शिक्षाको क्षेत्रबाट नयाँ नेपालका लागि दक्ष जनशक्ति उत्पादन गर्दै राष्ट्र निर्माणमा जुटेका त्यस्ता विकासप्रेमी धुरन्धर गुरुहरूलाई  बाइज्जत रिहा गरी राष्ट्रिय पुरस्कारहरूले सम्मान गरियोस् । उनीहरूलाई रथमा राखेर सार्वजनिक अभिनन्दनसहित नगर परिक्रमा गराइयोस् ।  अख्तियारको ओर्‍याइँ बन्द गरियोस् ।

साभार : नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis