CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ‘कीर्तिपुर'लाई सेन्सरको क्लिन चिट!

‘कीर्तिपुर'लाई सेन्सरको क्लिन चिट!

फिल्म ‘कीर्तिपुर'मा पृथ्वीनारायणको भूमिका निर्वाह गर्दै एसराज गराच।फिल्म ‘कीर्तिपुर'मा पृथ्वीनारायणको भूमिका निर्वाह गर्दै एसराज गराच।
काठमाडौं– चार महिनाको प्रक्रियापछि नेपाली फिल्म ‘कीर्तिपुर'लाई सेन्सर बोर्डले रिलिज अनुमति दिएको छ। प्रदीप खड्गीद्वारा निर्देशित फिल्मले आइतबार सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। अर्थात् फिल्म जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।मंसिरको पहिलो साता चलचित्र विकास बोर्डको हलमा सेन्सर बोर्डका सदस्यहरुले ‘कीर्तिपुर' अवलोकन गरेका थिए। तर, बोर्डले त्यति नै बेला प्रदर्शन अनुमति दिएन। संवेदनशील विषय भएकोले ऐतिहासिक तथ्यको अध्ययन गर्नुपर्छ भन्दै फिल्मलाई बोर्डले रोकेको थियो।
सेन्सर बोर्डका सदस्यहरुले शनिबार सञ्चार मन्त्रालयको हलमा फेरि फिल्म हेरेका थिए। गृह मन्त्रालयका सह–सचिव लक्ष्मी ढकाल, अन्य दुई उप–सचिव, सञ्चारका सह–सचिव तथा सेन्सर बोर्डका पूर्व अध्यक्ष कविराज खनाल र संस्कृति मन्त्रालयका प्रतिनिधिहरु लगायत फिल्म प्रदर्शनीमा उपस्थित थिए।
सेन्सरको आग्रहमा आफूहरुले केही हिंसात्मक दृश्यलाई छोट्याउनुका साथै कीर्तिपुरको सेनापतिले पृथ्वीनारायण शाहलाई गालीगलौज गरेको दृश्य हटाएको निर्देशक खड्गीले बताए।
पञ्चायत कालमा प्रकाशित वासु पाशाको उपन्यास ‘भैरवसिंह'मा आधारित भई फिल्मको कथा तथा पटकथा तयार पारिएको हो। ‘पञ्चायत कालमै कुनै आपत्ति नजनाइएको उपन्यासको कथामाथि अहिले गणतन्त्र आइसकेको अवस्थामा अंकुश लगाउन मिल्दैन थियो,' प्रदीपले भने, ‘वर्तमान परिवेशमा के देखाउने के नदेखाउने भन्ने विवेक हामीले पनि लगाएका छौं।'
पृथ्वीनारायण शाहको सेनासँग कीर्तिपुरवासीले बहादुरीपूर्वक लडेको युद्धमा कीर्तिपुरकी रानी कीर्तिलक्ष्मीको ठूलो भूमिका रहेको जनविश्वास छ। कीर्तिपुरवासी निर्देशक खड्गीले फिल्ममा उनै कीर्तिलक्ष्मीलाई मुख्य पात्र बनाएका छन्। युद्धमा कीर्तिपुर पराजित भएपछि कीर्तिलक्ष्मी कता गइन् भन्ने कुनै प्रमाण छैन।
चलचित्र विकास बोर्डका सदस्य सुरेशदर्पण पोखरेलले ऐतिहासिक र संवेदनशील विषयवस्तु भएकोले सेन्सर प्रक्रिया लम्बिएको तर्क दिए। अब फिल्मका केही च्यारिटी शो आयोजना गर्ने र अनुकूल समयमा फिल्मलाई हलमा रिलिज गर्ने निर्देशक खड्गीको योजना छ।
प्रदीप खड्गी र केके मानन्धरले पटकथा लेखेको ‘कीर्तिपुर'मा पृथ्वीनारायण शाह र कीर्तिलक्ष्मीको भूमिका एसराज गराच र हिसिला महर्जनले निर्वाह गरेका छन्। प्रेम खड्गी र अनन्त श्रेष्ठ निर्माता तथा वीरेन्द्र ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा मणि लवट, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, सुशील राजोपाध्याय, विनोद श्रेष्ठ, उदय श्रेष्ठ लगायतले पनि अभिनय गरेका छन्।
फिल्मका ऐतिहासिक दृश्यहरु एनिमेसनबाट तयार पारिएको छ। भीएफएक्सका लागि निर्देशक खड्गीलाई सन्तोष केसी र उनको टोलीले सहयोग गरेका छन्। फिल्ममा हरिशरण साय्मिको संगीत, उदय श्रेष्ठको फाइट, अमृत मरहट्ठा तथा दीपसन परियारको मेकअप र शंकर महर्जन तथा नवीन जोशीको छायांकन रहेको छ।
साभार : नागरिक 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis