CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » यस्तो रहेछ लोडसेडिङ बढ्नुको कारण

यस्तो रहेछ लोडसेडिङ बढ्नुको कारण

लोडसेडिङ बढ्नुको कारण यस्तोकाठमाडौं,  – जलस्रोतको धनी भैकन पनि बिजुली अभाव भएको कारण अहिले नागरिक दैनिक १३ घण्टा बिजुलीबाट वञ्चित छन् । तर झण्डै साढे चारलाख परिवारलाई पुग्ने एक सय ३१ मेगावाट बिजुली भने  अहिले पनि खेर गइरहेको छ ।

प्राधिकरणकै कुरा मान्ने हो भने कुल बिजुलीको २५ प्रतिशत अर्थात एक सय ३१ मेगावाट बिजुली चुहावट भएकै कारण अहिले जम्मा पाँच सय २५ मेगावाट मात्र बिजुलीमात्र आपूर्ति भएको छ । नेपाल
विद्युत प्राधिकरणले प्राविधिक कारणले १५ प्रतिशत
बिजुली चहावट हुने दाबी गर्छ तर नेपालमा भने २५ प्रतिशत बिजुली चुहावट भइरहेको छ ।
नेपाल विद्युत प्राधिकरणले त अहिलेसम्म वार्षिक कति मेगावाट बिजुली चुहावट भएको छ भनेर अध्ययन नै गरेको छैन । तर प्राधिकरणले कुल बिजुलीको २५ प्रतिशत बिजुली चुहावट हुने कुरालाई आधार मान्दा अहिले एक सय ३१ मेगावाट बिजुली चुहिएर खेर गएको छ । चुहावट भएको एक सय ३१ मेगावाटमध्ये १५ प्रतिशत अर्थात ७८ मेगावाट बिजुली प्रशारण लाइन, ट्रान्समिटरको खराबी लगायतक प्राविधिक कारणले चुहावट भएको मान्न सकिएला, तर बाँकी ५३ मेगावाट बिजुली चोरी भएको तथ्य लुकाउन सकिँदैन ।
चोरी भएको ५३ मेगावाट बिजुली नियन्त्रण गर्ने हो भने मात्रै झण्डै दुई लाख परिवारले लोडसेडिङको सामना गर्नुपर्दैन । तर चोरीको बिजुली रोक्नुपर्नेमा विद्युत प्राधिकरण बिजुली चोरी भएको स्वीकार्छ मात्र, अरु केही गर्दैन । नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख गोपालबाबु भट्टराई भन्नुहुन्छ ‘उत्पादन भएको २५ प्रतिशत विजुली चुहावट भइरहेको छ त्यसमध्ये १५ प्रतिशत प्रतिशत प्राविधिक कारणले चुहावट भइरहेको छ भने बाँकी हुकिङमार्फत चोरी भएको हुनसक्छ ।’
प्रशारणलाईनबाट क्षमताभन्दा बढी बिजुलीको प्रवाह, निम्न गुणस्तरका ट्रान्समिटरको  प्रयोग, प्रशारणलाईन पुरानो, प्रशारणलाईन वरपर ठूलाठूला रुख हुनु र अनि मिटर बिग्रँदा खेर जाने बिजुलीलाई प्राधिकरणले प्राविधिक चुहावटको सूचीमा राख्छ । विकसित देशमा यस्ता प्राविधिक कारणले पाँच प्रतिशतसम्म मात्र बिजुली चुहावट हुन्छ ।
विश्व बैंकको तथ्यांक अनुसार बिजुलीको उच्च चुहाहट हुने देशमध्ये नपाल अग्रस्थानमा पर्छ । हाम्रै छिमेकी देश भुटानमा पनि मात्र ४ दशमलव ३, अनि युरोपेली देशमा अधिकतम ६ प्रतिशतमात्र बिजुली चुहावट हुन्छ । तर फितलो व्यवस्थापनका कारण नेपालमा १५ प्रतिशत बिजुली खेर गएको छ ।
प्राधिकरणका अनुसार ८ वटा क्षेत्रीय कार्यालय मध्य सबैभन्दा धेरै जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत ४९ प्रतिशत  र सबैभन्दा कम काठमाडौंमा १० प्रतिशत बिजुली चुहावट हुन्छ । काठमाडौं उपत्यकाकै  भक्तपुरमा ३० प्रतिशत भन्दा धेरै बिजुली चुहावट हुँदासमेत प्राधिकरणले रोक्न सकेको छैन । धेरैजसो  क्षेत्रिय  कार्यालयलहरुले त एकवर्षसम्म पनि चुहावट विवरण अद्यावधिक गर्दैनन्  ।
तर नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख गोपालबाबु भट्टराईका कुरा सुन्दा लाग्छ यति ठूलो मात्रामा बिजुली चुहावट हुनु सामान्य कुरा हो ।
‘चोरी सामाजिक रुपमा पनि घृणित काम हो यसमा त समाजकै मुख्य भूमिका हुन्छ’ नेपाल विद्युत प्राधिकरणसँग वितरण तथा ग्राहक सेवा प्रमुख गोपालबाबु भट्टराई भन्नुहुन्छ ‘हामीले प्रशासन मिलेर काम त गरेकै छौं तर सार्वजनिक स्थानमा हुने पाकेटमारको घटना त रोकिन्न भने विजुली चोरी रोक्न निकै कठिन छ ।’
माग अनुसारको बिजुली जोहो गर्न नसक्दा अहिले दैनिक १३ घण्टासम्म बिजुली कटौती भइरहेको छ । इन्धन अभावका कारण बिजुलीबाट काम चलाउन नपाउँदा नागरिक पीडित छन् । प्राविधिक र बिजुली चोरीको कारण बर्षेनी एकातिर नेपाल विद्युत प्राधिकरणको अर्बौ रुपैयाँ गुमेको छ भने लोडसेडिङको समय पनि बढ्दो छ ।
अचम्मको कुरा त के भने विद्युत चुहावटकै कारण नेपाल विद्युत प्राधिकरणले वर्षेनी १० अर्ब रुपैयाँ बराबरको राजश्व गुमाउँछ । बिजुली उत्पादन गर्ने अप्ठ्यारो र सजिलो ठाउँको औषत लागत हेर्ने हो भने ३० करोड रुपैयाँले एक मेगावाट बिजुली निकाल्न सकिन्छ ।
चुहावटकै कारण वर्षेनी खेर जाने १० अर्ब रुपैयाँले ३३ मेगावाटको नयाँ जलविद्युत आयोजना बनाउन सकिन्छ तर यसतर्फ प्राधिकरणको ध्यानै गएको छैन । एकातिर बिजुली अभाव भएर नागरिक अन्धकारमा बस्ने अर्कातिर लाखौं परिवारलाई पुग्ने बिजुली चोरी हुने क्रम रोक्न प्राधिकरणले तत्कालै आवश्यक कदम चाल्न सक्नुपर्छ ।

साभार : उज्यालो खबर 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis