CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » हराएको पासपोर्ट नयाँ बनाउनु पर्दैन, मेनपावरका घर्रा खोतले पुग्छ

हराएको पासपोर्ट नयाँ बनाउनु पर्दैन, मेनपावरका घर्रा खोतले पुग्छ

Rojgar-barवैदेशिक रोजगार ब्यवसायमा लागेको दश बर्ष भैसक्यो । त्यसअघि म कामदारको रुपमा लामो समय जापान बसेको थिएँ । करिब दश बर्ष जापान बस्दा मैले त्यहाँको हुन्डाई कम्पनीमा काम गरेँ । ०६२ मा मैले मेनपावर संचालनको अनुमती लिएँ । त्यतिबेला भन्दा अहिले यो क्षेत्रमा धेरै परिवर्तन आइसकेको छ । व्यवस्थित पनि हुँदै गइरहेको छ । त्यतिवेला कम्पनीको नाम र पद नमिले पनि देश फरक
नपर्नेगरी फाइल अगाडी बढाइन्थ्यो । तर अहिले रोजगारदाता कम्पनी तथा कामदारको पद भिसा र मागपत्रमा हु–बहु हुनुपर्ने प्रावधान लागु भएको छ । यो व्यवसायलाई अझै व्यवस्थित गरौं र वैदेशिक रोजगारीमा जाने दाजुभाई दिदी बहिनीहरुलाइ सहज र सुरक्षित रुपमा काम गर्ने वातावरण बनोस् भन्ने चाहना सबै व्यवसायीको रहिआएको छ । यो व्यवसायलाई अझै मर्यादित र व्यवस्थित बनाउन बितग ६ बर्षदेखि बैदेशिक रोजगार ब्यवसायी संघको नेतृत्वमा रहेर मैले भूमिका खेलिरहेको छु । सन् १९९० ताका वैदेशिक रोजगारीका लागि खाडी जानुलाई अरब जाने’ भन्थे । मलेशिया धेरै पछि खुल्यो । सबै खाडी राष्ट्रलाई अरब भन्ने चलन थियो, मान्छेहरु गएपछि काम, तलब सेवा, सुविधा पाए कि पाएनन् भनेर थापा पाउन ६ महिना लाग्थ्यो । त्यताबाट चिठी आएपछि मात्र थाहा हुन्थ्यो । अहिले त्यस्ता कुराको जानकारी पाउन कुनै बेर नै लाग्दैन । हिजोभन्दा आज वैदेशिक रोजगार ब्यवसाय धेरै सुरक्षित भैसकेको छ । किनभने आजभोली कामदारको भिसा निकाल्नुभन्दा पहिलेनै मेनपावरले तपाईको फलानो कम्पनीमा यस्तो काम, यत्ति तलव भनेर सबै कुराको विस्तृत जानकारी गराउँछन् । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टबाट उडाउनेदेखि सम्बन्धित मुलुकको एयरपोर्टमा पुगिसकेपछि रोजगारदाता कम्पनीका मान्छेहरु गाडी लिएर लिन आउनेसम्मको ब्यवस्थापन मेनपावर सञ्चालकहरुले मिलाउने गरेका छन् । कम्पनीमा पुगेको करिव तीन दिनमा नेपाली युवाहरुले काम गर्न थाल्छन् । मेडिकलको प्रक्रियादेखि सवै कुरामा कामदारले यतै बसेर पनि जानकारी लिन सक्छन् । तर कलिहेकाहीँ कम्पनीले थोरै धोका दिँदा समस्या पर्ने गरेको छ । त्यसमा ब्यवसायीले जानाजान धोका दिने नियत राखेका हुँदैनन् । तोकेको तलब दिन आनाकानी गर्ने रोजगारदाता कम्पनीहरुलाई श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार ब्यवसायी संघले कालो सूचिमा राख्नुपर्छ । त्यसरी कालो सूचिमा परेका रोजगारदाता हरुबाट माग ल्याएर त्यसमै पठाउँदा धेरै दाजुभाई दिदीबैहिनीहरुले दुःख पाउने अवस्था आउन सक्छ । त्यस्ता कम्पनीहरुलाई वैदेशिक रोजगार विभागले अनलाइन सिस्टममा राख्नुपर्छ जसले गर्दा Rojgar-barमेनपावर सञ्चालनहरुलाई जानकारी लिन सजिलो होस् । तर सरकारले नगरेपनी हामिले पठाएका कामदारहरुलाई सेवा सुविधा नदिने कम्पनीहरुबारे संघले विस्तृतमा आफ्नो वेभसाइटमा राख्ने योजना बनाएको छ । विदेशी कम्पनीले हाम्रो कानुन बुझेनन् विदेशी कम्पनीहरुका लागी कामदारभन्दा काम प्यारो हुने गरेको छ, त्यो स्वभाविक पनि हो । मानव अधिकारको कडा कानुनले गर्दा गल्फ मुलुकहरुमा आजकाल कामदारले दुःख पाउने प्रक्रियामा निकै कमी आएको छ । समयमा ड्युटीमा आउने र इमान्दारीतापूर्वक काम गर्नेहरुले खास झण्झट ब्यहोर्नुपर्दैन । तर कहिलेकाँही कम्पनी टाट पल्टिने दिशामा गयो भने समयमा तलब दिन नसक्ने अवस्था सिर्जना हुने गरेको छ । त्यस्तो बेला कामदारको रेस्क्यु गर्दै तलब दिलाउन संघले सरकारी निकायमार्फत पहल अगाडी बढाउँदै आएको छ । रोजगारदाता कम्पनीहरुले नेपाल सरकारको नियम कानुन प्रस्ट बुझ्न सकेका छैनन् । यता नेपालमो पुर्व स्विकृति लिने देखि विज्ञापन गर्नुपर्ने, भिसा आएपछी अन्तिम स्विकृति लिनुपर्ने प्रावधान छ । तर उताका कम्पनीहरु भिसा दिइसकेपछि मलाई कामदार छिटो चाहियो भनेर ताकेता गर्छन् । उनीहरुले ताकेता गरेजस्तो चार–पाँच दिनभित्र मान्छे पठाउन हाम्रो कानुनले मिल्दैन् । किनभने कागजी प्रक्रिया मिलाउन लामो समय लाग्छ । पुर्व स्विकृति लिएपछी विज्ञापन जारी गर्नुपर्छ । विज्ञापन निकालेको एक साता पुगेपछी मात्रै भिसा प्राप्त हुन्छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १५ देखि १९ सम्मको जुन प्रक्रिया छ, त्यो कानुन विदेशीले नजान्दा हामी मेनपावर सञ्चालकहरु हैरानी ब्यहोर्न बाध्य भएका छौं । ०६४ सालमा बनेको ऐन हार्डकपीमा आधारीत थियो, तर आज धेरै कम्पनीहरु अनलाईन सिस्टममा गैसकेका छन् । रोजगारदाताहरु छिटो छरितो सिस्टममा गैसकेपनी हामी पुरानै तरिकाले अगाडी बढ्न खोज्दा ठुलो समस्या देखापरेको छ । त्यस्तो हुँदा रोजगारदाता कम्पनीले जुन देशबाट सहज रुपमा छिटो छरितो तवरले कामदार आउन सक्छ त्यहि देशलाई प्रायोरिटी दिन्छन् । श्रीलंकामा पूर्व स्किृतिको मात्रै प्रावधान छ । भारतमा पूर्व र अन्तिमको प्रावधान नै छैन बरु जानकारी मात्रै गराए पुग्छ । तर हाम्रोमा धेरै झण्झटिलो भयो । पूर्वस्वीकृति लिएको २० दिनमा बल्ल देश छाड्ने प्रक्रिया पूरा हुन्छ, त्यसैले झन्भटिलो कानुनलाई परिवर्तन गरेर अगाडी बढ्नुको विकल्प छैन । हराएको पासपोर्ट खोज्न मेनपावरका घर्रा खोतल्नुपर्छ पत्रिकामा विज्ञापन देखेपछि कामदारले निवेदन दिन्छन् । जब भिसा झर्छ त्यसपछी उनिहरु म जान्न भन्दिन्छन् । रोजगारदाता कम्पनीले भिसा निकालेको हुन्छ, मेनपावरले परिश्रम खर्चेर प्रक्रिया मिलाइदिएको हुन्छ । तर कामदारले इच्छा लागेन जान्न भन्छ । पासपोर्ट हाम्रा कार्यालयहरुमा पेश गरेको हुन्छ । अनि हामीले जत्ति बोलाए पनि उनीहरु आउँदैनन् । बरु पासपोर्ट हरायो भन्ने सूचना छापेर राहदानी विभागमा लाइन लाग्छन् । एक सय जनाको भिसा आउँदा करिब २० जना कामदारहरुले यस्तो गर्ने गरेका छन् । उसको भिसा क्यान्सिलेशन शुल्क कसले व्यहोर्छ ? अहिले मेनपावरका घर्राहरुमा थुप्रै वेवारिसे पासपोर्टहरुको थुप्रो लागेको छ । यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि हामीले विचार पुर्याउनुपर्छ । कसैले राहदानी हराएको फारम भरेमा परराष्ट मन्त्रालयको राहदानी शाखाले रोजगार ब्यवसायी संघसँग कोअर्डीनेशन गर्नुपर्छ । त्यसमा हामी हाम्रो वेभसाइटमा राख्न या राहदानी शखामा रेकर्ड बुझाउन राजी छौं । यदि त्यो पसपोर्ट टप जब्समा छ भने, त्यहाँ सम्पर्क गर्न लगाएमा कामदारले ब्यवसायीलाइ दुःख दिने र भिसा आएर नजाने प्रक्रियाको अन्त्य हुने थियो । कसैको परिवारिक समस्या भएर नजानु छुट्टै कुरा हो, अन्यथा मन लागेन भन्ने कारण देखाएर मेनपावरको सम्पर्कमै नआउनु एउटा समस्याकै रुपमा देखापरेको छ । विज्ञापनमा उल्लेख गरेको तलवभन्दा फरक कागजमा हस्ताक्षर गराएमा त्यो ब्यवसायीको गल्ती हुन्छ । तर जुन सेवा सुवीधा र लागत खर्चमा सहमत भएर एप्लाइ गरेको हुन्छ, त्यहि अनुसार भिसा आएपछि जान्न भन्नु कामदारको मनोपोली भयो नी । तर पनि कामदारपीडित हुनुहुँदैन भन्ने ब्यवसायी संघको मान्यता रहिआएको छ । कामदार र ब्यवसायीको दायित्वलाई प्रस्ट पाारेर यो पेशालाई ब्यवस्थित गर्नुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं । 

(गुरुङ वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव तथा टप जब्स प्रालीका संचालक हुन्) -

साभार : रातो पाटी 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis