CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अब देखि बैंकको भौतिक सेयर किन्न नपाइने

अब देखि बैंकको भौतिक सेयर किन्न नपाइने

cdsc(1)२२ असोज काठमाडौं । बुधबारदेखि सेयरको अभौतिक (डिम्याट) कारोबार सुरु भएको छ । यो दिनदेखि लगानीकर्ताले वाणिज्य बैंकहरुको भौतिक सेयर किन्न पाउने छैनन ।
‘आजदेखि भौतिक सेयर किन्न पाइने छैन’ सिडिएस एण्ड क्लियरिङ लिमिडेडका प्रमुख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देलले अनलाइनखबरसँग भने ।
हालसम्म सेयरको भौतिक कारोबार हुँदै आएकाले सेयरको भौतिक बिक्री भने
अझै केही समय हुने सिग्देलले जानकारी दिए ।
अबदेखि सेयरधनीको सेयर खाता सिडिएसमा रहने छ । सेयरधनीले आफ्नो खातामा विभिन्न कम्पनीको सेयर निक्षेप (जम्मा) गरी राख्नेछन् ।
बिक्री वितरण गर्दा एक खातादेखि अर्को खातामा सेयर ट्रान्सफर गरिने छ । यस्तो कारोबारमा भौतिक कागजातको कुनै आवश्यकता पर्ने छैन ।
अभौतिक कारोबारसँगै सेयरको क्लियरिङ र सेटलमेन्ट गर्न कुनै समय लाग्ने छैन । ‘भौतिक कारोबारका कारण सेटलमेन्ट हुन नसकेर धेरै संख्यामा सेयरको कारोबार हुनसक्ने अवस्था थिएन’ सिग्देलले भने -नेपाली पुँजी बजारले अब यो सस्या व्यहोर्नुपर्ने छैन ।
खातावालले आफूले किनेको सेयर संख्या, त्यसके अंकित मुल्य, सेयर प्रमाणपत्र नम्बर उल्लेखित विवरण पत्र पाउने छन् । धेरै कम्पनीका धेरै कित्ता सेयर भएपनि खातावालको विवरण भने एउटै हुनेछ । भौतिक कारोबार हुँदा विभन्न भिन्न कम्पनीका भिन्न भिन्न प्रमाणपत्र हुन्थे ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार सेयर अभौतिकरण गर्न कम्तिमा १० कार्य दिन लाग्नेछ । हप्ता ५ दिनमात्र सेयर कारोबार हुन्छ । भौतिक सेयर कारोबार १५ दिनमा भने भौतिक रुपमा रहेका धितोपत्र र खाली हस्तान्तरण ९वीटी०को अवस्थामा रहेका धितोपत्रहरुको बिक्रीगर्दा बिक्रीकर्ताले भौतिक रुपमा नै बिक्रीगर्न सकिने छ तर खरिदकर्ताले सो धितोपत्रहरु नामसारीमा पठाएमा डिम्याट अवस्थामा मात्र प्राप्त गर्नेछ ।
खरिदकर्ताले खरिद गरेका धितोपत्रहरुको अभौतिकीकरण गरी आफ्नो स्वामित्वमा प्राप्त गर्ने क्रमा भौतिक रुपमा रहेका धितोपत्रहरुको कारेबार र राफसाफ तथा फछ्र्यौट नेप्से कै प्रणलीबाट ९टीप्लस थ्री० कै फछ्र्यौट चक्रअनुसार गरिनेछ । यो प्रक्रिया पुरा हुन तीन कार्य दिन लाग्नेछ ।
तीन दिनका उक्त कारोबार भएपछि खरिदकर्ता राफसाफ सदस्यले कारेबार भएको ५ कार्य दिनभित्र कारेबार भएको धितोपत्रको प्रमाणपत्र प्राप्त गर्नु पर्नेछ । कारेबार भएको ७ कार्य दिन भित्र खरिदकर्ता राफसाफ सदस्यले नामसारी दाखिला र अभौतिकीकरण अनुरोध फारम तयार गरी कारेबार भएको ७ कार्य दिन भित्र सिडिएससिमा पेश गर्नु पर्नेछ ।
सिडिएससिले खरिदकर्ता राफसाफ सदस्यबाट प्राप्त गरेको नामसारी दाखिला र अभौतिकीकरण अनुरोध फारम प्राप्त भएको २ कार्य दिनभित्र अर्थात् कारेबार भएको ९ कार्य दिन भित्र नेप्सेको प्रणली मार्फत् नामसारी गरी सरेन्डर फर डिमेटरलाईजेशन भनी छाप लगाई सो धितोपत्रको प्रमाण्पत्र खरिदकर्ता राफसाफ सदस्यलाई बुझाउने छ ।
- See more at: http://www.onlinekhabar.com/2014/10/194784/#sthash.S3Y4DDm1.dpuf
Share this article :

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis